बिर्तामोड । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले झापामा वडा अधिवेशन शुरु गरेको छ ।
नेपाली काग्रेस नियमित महाधिवेशन अन्तर्गत झापाको बाह्दशी गाउँपालिकामा वडा अधिवेशन प्रारम्भ भएको छ। यसैक्रममा बाह्दशी गाउँपालिका वडा नम्बर ७ मा वडा अधिवेशन सम्पन्न भएको छ ।
वडा अधिवेशन तयारी समितिका संयोजक नारायण राजवंशीको सभापतित्व तथा नेपाली कांग्रेसका युवा नेता भगीरथ पोद्दारको प्रमुख आतिथ्यमा भएको सो अधिवेशनबाट नारायण राजवंशीलाई सभापतित्वमा निर्वाचित गर्दै ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको छ भने सोही वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधि छनौट गरेको छ।
कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका युवा नेता भगीरथ पोद्दारले विशेष महाधिवेशन पक्षले अदालतको फैसलाअघि अधिवेशन शुरु गरेपछि आफूहरुले पनि वडा अधिवेशन प्रारम्भ गरेको बताए।
उनले बाह्दशी गाउँपालिका वडा नम्बर ७ को वडा अधिवेशनबाट नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना दिएको बाह्दशी गाउँपालिका अधिवेशन तयारी समितिका संयोजक किशनलाल शाहले जानकारी दिए।
त्यस्तै बाह्दशी गाउँपालिका वडा नम्बर ४ मा वडा अधिवेशन सम्पन्न भएको छ । वडा नम्बर ४ को वडा अधिवेशनले वचनलाल शाहलाई सभापतित्वमा निर्वाचित गर्दै नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
क्षेत्रीय प्रतिनिधिमा नेपाली काँग्रेसका युवा नेता भगीरथ पोद्दारलगायत छनौट भएका छन्।
नेपाली काग्रेस नियमित महाधिवेशन अन्तर्गत झापामा वडा अधिवेशन भइरहेको नेपाली काग्रेस नियमित महाधिवेशन झापा जिल्ला संयोजक कृष्ण हुमागाईले जानकारी दिए।




















