बिर्तामोड । इलाम – झापा मैत्री समाजको चौथो जिल्ला अधिवेशनको तयारी गरिएको छ । यहि  बैशाख १६ गते  शनिबार बिर्तामोड –२ स्थित जय ड्रीमल्याण्ड पार्कमा इलाम – झापा मैत्री समाजको चौथो जिल्ला अधिवेसन तथा ११औँ बार्षिक साधारणसभा आयोजना गरिएको समाजका अध्यक्ष कमल पौडेलले बताए । 

समाजका संस्थापक संरक्षक तथा शिक्षासेवी जयनारायण ढुंगानाले बैशाख १६ गते  शनिबार बिहान १० बजे बिर्तामोड –२ स्थित जय ड्रीमल्याण्ड पार्कमा इलाम – झापा मैत्री समाजको चौथो जिल्ला अधिवेसन तथा ११औँ बार्षिक साधारणसभा उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । अधिवेसनले नयाँ नेतृत्व चयन गर्ने उनले  जानकारी दिए । अधिवेसनमा सहभागी हुनेहरुका लागी कनकाई एजुकेशन फाउण्डेशन र जय ड्रीमल्याण्ड पार्क जाने बाटोमा सवारीसाधनको व्यवस्था गरिएको उनले बताए । 

इलामबाट झापा आएर बसोबास गरेकाहरुलाई गोलबद्ध गरि सामाजिक कार्य गर्ने उद्धेश्यले २०७३ साल जेठ २० गते विधीवत रुपमा दर्ता गरिएको  इलाम – झापा मैत्री समाजले स्वास्थ्य शिविर संचालन, वृद्धाश्रम, बालआश्रम लगायतमा खाद्यान्न वितरण गर्नुका साथै कोभिडको वेला इलाम जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री वितरण, इलामका प्रकाश थापालाई औषधि उपचारमा सहयोगलगायतका विभिन्न समाजिक कार्यहरू गर्दै आएको उनले बताए ।

समाजका अध्यक्ष कमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष श्याम खड्गी, उपाध्यक्ष देविका निरौला वस्नेत, सचिव सुस्मा पौडेल, बिर्तामोड नगर निवर्तमान अध्यक्ष तिलोत्तमा खत्री, अध्यक्ष अञ्जु लामिछाने, निवर्तमान सचिव दिनेश भट्टराई, सदस्य सागर रिजाल,नरेश कर्मचार्यलगायतको सहभागिता रहेको थियो । 

कार्यक्रमको सञ्चालन महासचिव अच्युत दाहालले गरेका थिए ।