बिर्तामोड । लुथरन विश्व फेडेरेशनको सहयोगमा न्याय तथा विकासका लागि सामाजिक सञ्जाल झापा(एसएनजेडी) र मानव अधिकार सञ्जाल झापाको संयुक्त आयोजनामा मानव अधिकारको अवधारणा र मानव अधिकार रक्षकहरुको भूमिका विषयक एक दिवसिय तालिम बिर्तामोडमा सम्पन्न भएको छ ।

 झापाका १५ वटै स्थानीय तहका  मानव अधिकार रक्षकहरुको सहभागिता रहेको तालिमको सहजीकरण राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश अध्यक्ष पवन भट्ट, मानव अधिकार अधिकृत चिरञ्जीवी कोइराला, मानव अधिकार सञ्जाल झापाका अध्यक्ष विष्णु खरेलले मानव अधिकार र मानव अधिकार रक्षकहरुले खेल्नुपर्ने भूमिकाको बारेमा सहजीकरण गरेका थिए ।

त्यस्तै अधिवक्ता तथा मानव अधिकारकर्मी कविता वाँस्तोलाले लैंगिक हिंसा र लैंगिक हिंसा न्यूनीकरणका उपायहरुको बारेमा सहजीकरण गरेकी थिइन् ।

कार्यक्रमको संयोजन न्याय तथा विकासका लागि सामाजिक सञ्जाल झापा(एसएनजेडी) का कार्यक्रम संयोजक कुमार चुडाल र मानव अधिकार सञ्जाल झापाका सहसचिव दिपक दासले गरेका थिए ।