बिर्तामोड । झापा बिर्तामोड –२ की पद्मादेवी ढकाल औधी खुशी भइन् । उनी खुशी हुनुको कारण थियो घरपायकमै आँखा उपचार सेवा पाउनु । उनलाई त्यो अवसर जुटाइदिएको थियो चारपाने –अर्जुनधारा विकास समाजले । 

चारपाने –अर्जुनधारा विकास समाजको आयोजना, परिर्वन सामुदायिक सिकाई केन्द्रको सह आयोजना , सहारा नेपाल साकोसको प्रायोजन तथा  बिर्तामोड आँखा अस्पताल चारपानेको  प्राविधिक सहयोगमा भएको एक दिवसिय निःशुल्क आँखा शिविरमा ढकालजस्तै तीन सय ५६ जनाले आँखा परिक्षण गराउन पाउँदा खुशी व्यक्त गरे ।  

बिर्तामोड आँखा अस्पताल चारपानेका सञ्चालक नेत्र अधिकृत विनोद दाहालको नेतृत्वमा पाँच जनाको नेत्र स्वास्यकर्मीको टोलीले उनीहरुको आँखा परिक्षण गरी आँखाको समस्या पहिचान गरेको थियो ।  

बिर्तामोड –२ निवासी ८६ बर्पीया पद्मादेवी ढकालको आँखा परिक्षण गरेर उद्घाटन गरिएको निःशुल्क आँखा शिविरमा तीन सय ५६ जनाले आँखा परिक्षण गराएको निःशुल्क आँखा शिविर ब्यवस्थापन समितिका संयोजक ओमप्रकाश विमलीले जानकारी दिए । 

निःशुल्क आँखा शिविरमा आँखा परिक्षण गराएका तीन सय ५६ जनामध्ये २२ जनामा मोतियाबिन्दूको समस्या देखिएको, १० जनाको आँखामा मासु पलाएको तथा ४ जनामा जलबिन्दूको समस्या देखिएको र उनीहरुलाई थप उपचारका लागि बिर्तामोड आँखा अस्पताल चारपाने रेफर गरिएको कार्यक्रम संयोजक विमलीले जानकारी दिए ।  संस्थाले  विपन्नको पहँुचमा स्वास्थ्य सेवा पुगोस् भन्ने उद्धेश्यले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क  आँखा शिविरको आयोजना गरिएको उनले बताए । 

संस्थाका अध्यक्ष डिल्लिराम सिटौलाको अध्यक्षता तथा झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी  रुद्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष चित्रकला ओलीले स्वागत गरेकी थिइन् । 

कार्यक्रममा प्रमुख अतिथि झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी  रुद्रप्रसाद न्यौपाने, बिर्तामोड आँखा अस्पताल चारपानेका सञ्चालक नेत्र अधिकृत विनोद दाहाललगायतले चारपाने –अर्जुनधारा विकास समाजले एक दिवसिय निःशुल्क आँखा शिविर आयोजना गरेर समाजमा उदाहरणीय कार्य गरेको बताए । 

कार्यक्रममा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, बिर्तामोड –२ का वडाध्यक्ष किशोर पौड्याल, वडासदस्य तिला गौतम, व्लक नं.१ का संयोजक शुशिल बस्नेत, व्लक नं. २ का संयोजक घनश्याम दाहाल, व्लक नं.३ का संयोजक लक्ष्मीप्रसाद खनाल, व्लक नं.४ का संयोजक दिनानाथ सिग्देललगायतको आतिथ्य रहेको थियो ।  

 निःशुल्क आँखा शिविर सम्पन्न गर्न समाजका कोषाध्यक्ष ओमप्रकाश विमलीको संयोजकत्वमा नरहरी न्यौपाने, उर्मिला ढकाल पोखरेल ,लक्ष्मी प्रसाईं खनाल सदस्य रहेको समिति गठन गरिएको थियो ।निःशुल्क  शुल्क आँखा शिविर सफल बनाउन बृहस्पति निरौला, रमेश थापा, कृष्णप्रसाद थापा, सिम्रन गुरागाईंलगायतले भूमिका निर्वाह गरेका थिए ।  कार्यक्रमको सञ्चालन संस्थाका सचिव भरत भट्टराईले गरेको उपाध्यक्ष देवीप्रसाद संग्रौलाले जानकारी दिए ।