बिर्तामोड । सामान्यतया सामाजिक संघसंस्थाहरुले एक महिनामा कतिवटा कार्यक्रम गर्छन् ? भनेर प्रश्न सोध्दा पाँचदेखि १० वटासम्म कार्यक्रम गर्छन् भन्ने जवाफ आउँछ । तर, झापाको बिर्तामोड–१ मा रहेको सामाजिक संस्था वीरता जेसीजले एक महिनामा ३० वटा कार्यक्रम गरेर सबैलाई चकित बनाइदिएको छ । सन् २०२३ को नेतृत्व घनश्याम चौधरीले सम्हालेपछि चौधरी नेतृत्वको टिमले अप्रिल महिनामा सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा ३० वटा उत्कृष्ट कार्यक्रम गरेको हो । 

वीरता जेसीजले अप्रिल महिनामा समवेदना कार्यक्रम, ज्येष्ठ नागरिक सम्मान तथा भोजन ग्रहण कार्यक्रम, स्थानीय संघसंस्थाहरुलाई व्यवस्थित वैठक सञ्चालन तालिम, समय व्यवस्थापन तालिम, संस्था सञ्चालनमा सञ्चालकको भूमिका सम्वन्धी तालिम, उत्कृष्ट नागरिक सम्मान समारोह २०२३ सम्वन्धी अन्तरक्रिया , श्रमिक शिक्षक तालिम, जिल्लास्तरिय अन्तरपालिका खुल्ला कवड्डी प्रतियोगिता २०७९ उद्घाटन कार्यक्रम, व्यक्तित्व तथा नेतृत्व विकास तालिम, जिल्लास्तरिय अन्तरपालिका खुल्ला कवड्डी प्रतियोगिता २०७९ समापन कार्यक्रम, वीरता जेसीजका कार्यक्रम संयोजक घोषणा कार्यक्रम, उत्कृष्ट नागरिक सम्मान समारोह २०२३ सम्वन्धी विभिन्न संघसंस्थाहरुसंगको ऐक्यवद्धताको पूर्व तयारी वैठक, नयाँ वर्षको भित्तेपात्रो विमोचन , नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम, एरीया ए प्रेसिडेन्ट मिट कार्यक्रम, उत्कृष्ट नागरिक सम्मान समारोह २०२३ सम्वन्धी कार्यक्रम, खाद्यान्न सामग्री वितरण , प्रजातन्त्र दिवसमा दीप प्रज्ज्वलन, विद्यालयलाई मिनी कुर्सी वितरण, कोरोना संक्रमितलाई पौष्टिक आहार वितरण, विपन्न वालवालिकालाई निःशुल्क कम्प्युटर शिक्षा तालिम , विद्यार्थीलाई पुस्तक वोक्ने झोला वितरण, अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, विपन्न मुसहरलाई सचेतनासहित झुल वितरण, दृष्टिविहीनलाई पोशाक वितरण, छात्रवासमा पंखा वितरण, जुनियर जेसीजमा आवद्ध हुनेलाई प्रभावकारी भाषणकला तालिम, चौथो वोर्ड वैठक, जेसीज अफ द मन्थ मार्चको अवार्ड वितरण, इ वुलेटिन प्रकाशन तथा विमोचन गरिएको वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले बताए ।

 नेपाल जेसीजका देशभरका जेसीज शाखाहरुमध्ये अप्रिल महिनामा सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा ३० वटा उत्कृष्ट कार्यक्रम गर्ने शाखा वीरता जेसीज सम्भवतः पहिलो भएको उनले दावी गरे । वीरता जेसीजले  यस वर्ष अन्य संस्था र निकायसँग सहकार्य गर्दै सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनले बताए । 

 सन् १९८१ मा स्थापना भएको वीरता जेसीजले स्थापनाकालदेखि हालसम्मकै सवैभन्दा वढी एक महिनामा ३० वटा कार्यक्रम गर्न सफल भएको भन्दै वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार वस्नेतले वीरता जेसीजका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरी र उनको टिमको प्रशंसा गरे ।  वीरता जेसीजका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीले अप्रिल महिनामा सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा ३० वटा उत्कृष्ट कार्यक्रम गरेर वीरता जेसीजलाई नयाँ उचाईमा पुर्याएको उनले बताए ।

वीरता जेसीजका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरी र उनको टिमले युवाको व्यक्तित्व, नेतृत्व विकास तथा समुदायलक्षित सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा अप्रिल महिनामा ३० वटा उत्कृष्ट कार्यक्रम गरेर वीरता जेसीजमा इतिहास रचेको वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरीले बताए ।

एक वर्षको कार्यकालमा वीरता जेसीजका यसभन्दा अघिका अध्यक्ष र उनीहरुको टीमले वढीमा ९० वटा कार्यक्रम गरेको तर वीरता जेसीजका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरी र उनको टिमले तीन महिनाकै अवधिमा ७० वटाभन्दा वढी कार्यक्रम गरिसकेकाले वीरता जेसीजमा इतिहास रच्ने बताउँदै उनले अध्यक्ष चौधरीको सक्रियताको खुलेर प्रशंसा गरे ।  

 वीरता जेसीजका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीले आफ्नो टिमका पदाधिकारी, संयोजक, सदस्यहरुको सक्रियता र वीरता जेसीजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरुको मार्गदर्शन, सहयोग र सद्भावले अप्रिल महिनामा सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा ३० वटा उत्कृष्ट कार्यक्रम गर्न सफल भएको बताउँदै सवैलाई धन्यवाद ज्ञापन गरेका छन् ।