बिर्तामोड । वीरता जेसीजको आयोजनामा झापाको सुरुङ्गामा रहेको सुस्तमनस्थिति राष्ट्रिय सरोकार समाज वालगृहमा आश्रित वालवालिकाहरुलाई खाद्यान्न वितरण गरिएको छ । वीरता जेसीजका रक्तदान संयोजक अशोक चौधरीको छोरा सौर्य चौधरीको जन्मदिनको अवसर पारेर सुरुङ्गामा रहेको सुस्तमनस्थिति सरोकार समाजमा आश्रित वालवालिकाहरुलाई खाद्यान्न वितरण गरिएको हो । वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक अशोक चौधरीले स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि न्यौपाने, वीरता जेसीजका अध्यक्ष चौधरी , उपाध्यक्ष सुमन पोद्धार, सदस्यहरु विज्ञानराज पौडेल, नवराज अधिकारीलगायतले सुस्तमनस्थिति राष्ट्रिय सरोकार समाज वालगृहकी सञ्चालक भागीरथा पोखरेललाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा सुस्तमनस्थिति राष्ट्रिय सरोकार समाज वालगृहकी सञ्चालक भागीरथा पोखरेलले जन्मदिनमा गरिने फजुल खर्च घटाएर सहयोग गरेकोमा धन्यवाद दिएकी थिइन् ।




















