बिर्तामोड । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा योग ध्यान,हिप्नोसिस प्रवचन तथा अभिनन्दन कार्यक्रमको आयोजना गरिएको छ । विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्रको आयोजनामा शुक्रबार बिहान ६ वजेदेखि बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा योग ध्यान,हिप्नोसिस प्रवचन तथा अभिनन्दन कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको र कार्यक्रमको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गर्ने विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्र तथा आयोजक समितिका सचिव बिजय बरालले जानकारी दिए । प्रवेश निःशुल्क रहने उनले बताए ।
कार्यक्रममा विश्वविख्यात दार्शनिक तथा आध्यात्मिक योगी डा.विकासानन्दले योग ,ध्यान, हिप्नोसिस प्रवचन गर्ने तथा झापावासीका तर्फबाट विश्वविख्यात दार्शनिक तथा आध्यात्मिक योगी डा.विकासानन्द तथा गुरुआमा कमलेश्वरीलाई नागरिक अभिनन्दन गरिने उनले बताए । पछिल्लो समय असन्तुलित जीवनशैली र खानपानका कारण मानिसहरुमा डिप्रेशन, एन्जाइटी, डर, त्रास, लागूपदार्थ, दुब्र्यसन, असफल प्रेम र शारीरिक कमजोरीका शिकार भइरहेकाले त्यसलाई न्युनिकरण गर्न कार्यक्रमको आयोजना गरिएको विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्रकी अध्यक्ष मेहर मगरले बताइन् । कार्यक्रममा१० हजार भन्दाबढीले सहभागीता जनाउने उनले बताइन् ।
यसैबीच विश्वविख्यात दार्शनिक तथा आध्यात्मिक योगी डा.विकासानन्दले संघर्षले सफलता प्राप्त हुने बताएका छन् । विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ‘दुःख पछि सुख मिल्छ, संघर्ष गर्नु भन्दा पहिल्यै सुख खोजेमा सफल हुन सकिंदैन ।’ उनले सफलता सबैको चाहना भएपनि ५ प्रतिशत मानिसमात्रै जीवनमा सफल हुने गरेको उल्लेख गरे । उनले भने ‘सफल हुन अरुलाई खुशी पार्न सक्नु पर्छ, अरुको विश्वास आर्जन गर्न सक्नुपर्छ , सफलता हासिल गर्नुभन्दा त्यसलाई निरन्तरता दिनसक्नु चुनौतिपूर्ण रहेको छ । निरन्तर रुपमा सफलता टिकाउन लागिपर्नु पर्छ ।’
सफलताका लागि स्वस्थ हुन आवश्यक रहेको बताउँदै उनले भने ‘नियमित योग, ध्यानले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । सकारात्मक सोंचका लागि खाने, बस्ने तरिका पनि सही हुनुपर्दछ ।’ पछिल्लो समय डिप्रेसनका विरामीहरु बढेको उल्लेख गर्दै उनले नियमित योग, गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो शरीर चल्नका लागि शक्ति चाहिन्छ’,स्वस्थ जीवनयापनका लागि खानपानमा पनि ध्यान दिनुपर्छ ।’ कार्यक्रममा गुरुआमा कमलेश्वरी आनन्दले विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्रले झापामा कार्यक्रमको आयोजना गरेर सयौ नेपालीको जीवन परिवर्तन गर्न मद्यत मिल्ने बताइन् ।
कार्यक्रममा चर्चित कलाकार गौरी मल्लले गुरु डा.योगी विकासानन्दसंगको सामिप्यले आफ्नो जिवन परिर्वतन भएको बताउँदै आफनो आत्मबल बढाउनकालागि योग ध्यान, साधना, हिप्नोसिस तथा आध्यात्मिक ज्ञान महत्वपूर्ण सावित भएको जनाइन् । विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्रका कोषाध्यक्ष ओमबिक्रम नेम्वाङले आफूले विश्वविख्यात दार्शनिक तथा आध्यात्मिक योगी डा.विकासानन्दको सानिध्यमा रहेर त्यहाँ सञ्चालित विभिन्न शिविरमा भाग लिँदा आफ्नो जीवन नै परिवर्तन भएको बताए । सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्रले झापामा कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिँदै कार्यक्रममा सहभागी हुन सवैलाई आग्रह गरे । मनोक्रान्ती साधक सुमार्गीले आफ्रनो अनुभव सुनाउँदै आफ्नो जीवन परिवर्तन भएको उललेख गरिन् ।
कार्यक्रमको सहजीकरण विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्र तथा आयोजक समितिका सचिव बिजय बरालले गरेको सल्लाहकार गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।




















