बिर्तामोड । वीरता जेसीजले स्थापनाको ४२ वर्षपछि जुनियर जेसीज गठन गरेको छ । सन् १९८१ मा स्थापना भएको वीरता जेसीजले सन् २०२३ मा वीरता जुनियर जेसीज गठन गरेको हो ।
सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीले ककसमा आफू वीरता जेसीजको अध्यक्षमा निर्वाचित भए जुनियर जेसीज गठन गर्ने प्रतिवद्धता जनाए अनुरुप वीरता जुनियर जेसीज गठन गरिएको हो । यसभन्दा अघि विभिन्न छलफल भएपनि जुनियर जेसीज गठन गर्न सकिएको थिएन ।
आफू सन् २०२३ को अध्यक्षमा निर्वाचित भएसंगै चौधरीले जुनियर जेसीज गठन गर्न पहल गरेर प्रभावकारी भासण कला तालिमसहित छलफल कार्यक्रम गरेका थिए र त्यस कार्यक्रमपछि वीरता जुनियर जेसीज गठन गरिएको हो ।
बिर्तामोडका १२ वर्षदेखि १७ सम्मका किशोरकिशोरीहरुको सहभागितामा वीरता जुनियर जेसीज गठन गरिएको वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले बताए ।
वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा वीरता जेसीज सन् १९८५ का अध्यक्ष वेदप्रकाश अग्रवालको प्रमुख आतिथ्यता तथा प्रशिक्षक दिनेश राज शर्माको प्रशिक्षणमा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक सिनेटर जीवन खड्काले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि अग्रवालले वीरता जेसीजले स्थापनाको ४२ वर्षपछि जुनियर जेसीज गठन गरेकोमा अध्यक्ष चौधरी र उनको टीमलाई वधाई तथा शुभकामना दिएका थिए । वीरता जेसीजको ड्रीम प्रोजेक्टको रुपमा वीरता जुनियर जेसीज गठन गरेर वीरता जेसीजलाई उचाईमा पुर्याएको बताए ।
वीरता जेसीजका उपाध्यक्ष सुमन पोद्धारले आस्था वाचन गरेको कार्यक्रमको सञ्चालन वीरता जेसीजका कानूनी सल्लाहकार लोकचन्द्र श्रेष्ठ (एलसी)ले गरेका थिए ।




















