बिर्तामोड । वीरता जुनियर जेसीजको अध्यक्षमा अनिक चौधरी चयन भएका छन् । 

 वीरता जेसीजका अध्यक्ष  घनश्याम चौधरीको अध्यक्षता तथा वीरता जेसीजका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चौधरीको अध्यक्षतामा वीरता जुनियर जेसीजको कार्यसमिति तथा संयोजकहरु चयन गरिएको हो ।

वीरता जुनियर जेसीजको कार्यकारीणी उपाध्यक्षमा स्नेहा ढुंगाना, निर्जला लिम्वू, उपाध्यक्षहरुमा सिया चौधरी, लिजा राई, आर्मन धिमाल, यथेष्ट शर्मा, महासचिव गृष्मादेश प्रसाईं,संयुक्त सचिवमा चेतासा न्यौपाने, कोषाध्यक्षमा जिसल खड्का, सहकोषाध्यक्षमा स्नेहा घोष, कानूनी सल्लाहकार निसिम थाम्सुहाङ, जनसम्पर्क अधिकारी आर्यना चौधरी, प्रकरण निर्देशक सिद्धान्त दास, तालिम संयोजक अनुष्का महतो, खेलकुद संयोजकमा सुहानी चौधरी, सञ्चार संयोजकमा सुप्रिना संग्रौला, वातावरण संयोजकमा सञ्जु खातुन, सामाजिक संयोजक विपासा संग्रौला र संघसंस्था संयोजकमा कुशल विष्ट रहेका छन् । वीरता जुनियर जेसीजको संरक्षकमा सिनेटर जीवन खड्का रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि अग्रवालले वीरता जुनियर जेसीजका अध्यक्ष तथा पदाधिकारीहरुलाई कार्यसफलताको शुभकामना दिएका थिए । कार्यक्रम संयोजक सिनेटर  जीवन खड्काले स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष सुमन पोद्धारले आस्था वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका कानूनी सल्लाहकार लोकचन्द्र श्रेष्ठ (एलसी)ले गरेका थिए ।