बिर्तामोड । झापाको शिवसताक्षी –४ बोलोचौकमा अखण्ड संकिर्तन अष्टयाम सञ्चालन हुने भएको छ । बोलोचौकमा आगामी वैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म अखण्ड संकिर्तन अष्टयाम सञ्चालन हुने भएको हो ।
गत चैत्र २५ गते स्थानीयबासीको आमभेलाले समाजसेवी चक्रप्रसाद ताजपुरीयाको अध्यक्षतामा बोलोचौक अष्टयाम मुल आयोजक समिति गठन गरिएको थियो ।
समितिको बरिष्ठ उपाध्यक्षमा सहदेव ताजपुरीया, उपाध्यक्षमा नन्दकेशर ताजपुरीया, महासचिवमा डा.धर्मेन्द्रकुमार शाह, सचिवमा मनोज शाह, सहसचिवमा ओमनाथ प्रसाई, कोषाध्यक्षमा देबनारायण ताजपुरीया रहेका छन् । त्यस्तै सदस्यहरुमा चन्द्रसेखर श्रेष्ठ, सन्ध्या घिमेरे कडरीया ,पदममाया मैनाली , लक्ष्मी प्रसाई , लक्ष्मी ताजपुरीया , पूर्णकुमार शाह , चन्द्र ताजपुरीया, अगमलाल ताजपुरीया ,शिवलाल ताजपुरीया , जयनारायण ताजपुरीया, ज्ञानबहादुर ताजपुरीया , दीपककुमार शाह ,धर्म ताजपुरीया, बिजय ताजपुरीया,मोहन ताजपुरीया र फुलकुमारी ताजपुरीया रहेका छन् । शिवसताक्षी –४मा कुनै प्रकारको दैवी विपत्ती नघटोस् तथा त्यस क्षेत्रमा शान्ति स्थापनाको कामना गर्दै अखण्ड संंकिर्तन अष्टयाम सञ्चालन गरिएको बोलोचौक अष्टयाम मुल आयोजक समितिका अध्यक्ष चक्रप्रसाद ताजपुरीयाले बताए । अखण्ड संंकिर्तन अष्टयाम सफल बनाउनका लागि सहयोग गर्न उनले सबैसँग आग्रह गरेका छन् ।
अखण्ड संंकिर्तन अष्टयामका लागि गत चैत २५ गते बोलोचौकस्थित अखण्ड संकिर्तन अष्टयामस्थलमा विभिन्न देवीदेवताको प्रतिकको रुपमा ध्वजा गाडीएको बोलोचौक अष्टयाम मुल आयोजक समितिका महासचिव डा.धर्मेन्द्रकुमार शाहले बताए । बैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म हरे राम हरे राम, राम राम हरे हरे , हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे अखण्ड संकिर्तन अष्टयाम सञ्चालन गरिने बताउँदै उनले बैशाख ३१ गते आइतबार बिहान १० बजे कलश यात्रा गरी ३ बजे औपचारिक कार्यक्रम उद्घाटन गरी बेलुका ४ बजेबाट अखण्ड संकिर्तन अष्टयाम शुभारम्भ गरी जेठ २ गते समापन गरिने जानकारी दिए ।
अखण्ड संकिर्तन अष्टयामलाई ब्यवस्थित, मर्यादित बनाई सौहार्दबातावरणमा सम्पन्न गर्न शिवसताक्षी नगरपालिका , ईलाका प्रहरी कार्यालय शिवगञ्ज, ईलाका प्रहरी कार्यालय झिलझिले, ईलाका प्रहरी कार्यालय महाभारा , विधुत् प्राधिकरण बोलोचौक स्टेशन, नेपाल रेडक्रस सोसाइटी पांचगाछी उपशाखा ,बोलोचौक बिकास समिति, स्वास्थ्यसंस्थासहित सबै राजनीतिक दल, शैक्षिक निकाय , सामाजिक संघसंस्थासंग सहकार्य गरिएको उनले बताए । अष्टयाम कार्यक्रम अवधिभर भण्डारा (भोजन , प्रसाद)को पनि व्यवस्था गरिएको र अष्टयाममा आउने भक्तजनहरुलाई स्वास्थ्य सेवा पुर्याउन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने उनले बताए ।




















