बिर्तामोड । ब्यूटीशियन बन्न चाहने महिलाहरुका लागि बिर्तामोडमा तीन महिने निःशुल्क आधारभूत ब्यूटीपार्लर सम्वन्धी तालिम सोमबारबाट शुरु भएको छ ।
महिला मुक्ति अभियान झापा र युनिक मोर्डन ब्यूटी एकेडेमी एण्ड मेकअप स्टुडियो बिर्तामोडको संयुक्त आयोजनामा तीन महिने निःशुल्क आधारभूत ब्यूटीपार्लर सम्वन्धी तालिम सञ्चालन भएको हो ।
महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला मुक्ति अभियान झापाकी सहसचिव अनिता पुरीले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, किराँत याक्थुङ, चुम्लुङका बिर्तामोड नगर अध्यक्ष हिमालप्रकाश कन्दङ्वा, नेपाल डोरी तान संघकी कोशी प्रदेश उपाध्यक्ष हिमा पौड्याल, महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष शुष्मा भण्डारी पौडेल लगायतले शुभकामना मन्तव्य राख्दै तालिम लिएर आत्मनिर्भर वन्न सहभागीलाई आग्रह गरेका थिए ।
युनिक मोर्डन ब्यूटी एकेडेमी एण्ड मेकअप स्टुडियोकी सञ्चालक धनु कन्दङ्वा इङनामले औचित्यमाथी प्रकाश पार्दै महिला मुक्ति अभियान झापा र युनिक मोर्डन ब्यूटी एकेडेमी एण्ड मेकअप स्टुडियोले ब्यूटीशियन बन्न चाहने महिलाहरुलाई तीन महिने निःशुल्क आधारभूत ब्यूटीपार्लर सम्वन्धी तालिम प्रदान गर्ने बताउँदै तालिमको भरपुर उपयोग गर्न आग्रह गरिन् ।
तालिममा झापाका विभिन्न पालिका तथा इलामकासहित ६० जना बढीको सहभागीता रहेको र उनीहरुलाई राष्ट्रिय सौन्दर्यकर्मी युनीयन नेपाल (नाबुन) केन्द्रीय कमिटी सचिव तथा युनिक मोर्डन ब्यूटी एकेडेमी एण्ड मेकअप स्टुडियोकी सञ्चालक धनु कन्दङ्वा इङनामले तीन महिने निःशुल्क आधारभूत ब्यूटीपार्लर सम्वन्धी तालिम प्रदान गर्ने महिला मुक्ति अभियान झापाकी भगवति मेचे खरेलले जानकारी दिइन् ।
कार्यक्रममा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) कोशी प्रदेश महासचिव नवीन खरेल, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, किराँत याक्थुङ, चुम्लुङकी भीमा कन्दङ्वालगायतले तालिम सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बाले महिला मुक्ति अभियान झापाले स्थापनाकालदेखि नै महिलाहरुलाई विभिन्न सिपमुलक तालिमहरु दिएर आत्मनिर्भर बनाउँदै आएको बताउँदै महिला मुक्ति अभियान झापा र युनिक मोर्डन ब्यूटी एकेडेमी एण्ड मेकअप स्टुडियोले ब्यूटीशियन बन्न चाहने महिलाहरुलाई तीन महिने निःशुल्क आधारभूत ब्यूटीपार्लर सम्वन्धी तालिम प्रदान गर्न शुरु गरिएको जनाइन् ।
कार्यक्रमको सञ्चालन महिला मुक्ति अभियान झापाकी सचिव पूर्णावती श्रेष्ठ लिम्बुले गरेकी थिइन् ।




















