बिर्तामोड । इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनको पाँचौं पद हस्तान्तरण सम्पन्न भएको छ ।

इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनकी सन् २०२२\०२३ की प्रेसिडेन्ट सम्झना भण्डारीले इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनकी सन् २०२३\०२४ की प्रेसिडेन्ट  मोनिका अग्रवाललाई प्रेसिडेन्ट पिन लगाउँदै गंग ग्यावल हस्तान्तरण गरी पद हस्तान्तरण गरेकी थिइन् । त्यस्तै कार्यक्रमकी प्रमुख अतिथि इनर ब्हील क्लवकी डिस्ट्रिक चेयरमेन टुना थापाले इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनकी सन् २०२३\०२४ की प्रेसिडेन्ट  मोनिका अग्रवाललाई चाटर्ड सर्टिफिकेट प्रदान गरेकी थिइन् ।

इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनकी सन् २०२३\०२४ की प्रेसिडेन्ट  मोनिका अग्रवालको अध्यक्षता तथा इनर ब्हील क्लवकी डिस्ट्रिक चेयरमेन टुना थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कमला पौडेलले आइयसओ प्रेयर वाचन गरेकी थिइन् ।

कार्यक्रममा इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउन  सन् २०२२\०२३ की प्रेसिडेन्ट सम्झना भण्डारीले आफ्नो कार्यकालमा गरेका कार्यहरुको बारेमा जानकारी गराउँदै आफ्नो कार्यकाल सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनका बोर्ड मेम्वरहरु सेक्रेटरी जुनु विमली, आइएसओ लुना बस्नेत,ट्रेजरर रिजु क्षेत्री पाण्डे, मिडिया इडिटर कमला पौड्याल, वोर्ड मेम्वरहरु अनिता शर्मा, वर्षा राजभण्डारी, रेखा अग्रवाल, निलम अग्रवाल, रेनु गोयल, इन्दिरा थापा कार्की, डा.ज्योती अग्रवाल, रुपा शर्मालाई खादा लगाएर सम्मान गरेकी थिइन् ।

  अपाङ्गाता भएका, महिला तथा वालवालिकाको क्षेत्रमा काम गर्ने लक्ष्य लिएर अघि वढेकी  इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनकी  सन् २०२२\०२३ की प्रेसिडेन्ट सम्झना भण्डारीले भद्रपुर एयरपोर्टमा व्रेष्ट फिडिङ सेन्टर (स्तनपान कक्ष ) , बिर्तामोड नगरपालिका परिसरमा इनर ब्हील चौतारी निर्माण गरी समाजमा इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनको परिचयसहित महत्व दर्शाएकी थिइन् ।

 उनले व्रेष्ट फिडिङ सेन्टर (स्तनपान कक्ष ) निर्माण गर्न ठाउँ उपलव्ध गराउने  भद्रपुर एयरपोर्ट र   इनर ब्हील चौतारी निर्माण गर्न ठाउँ उपलव्ध गराउने  बिर्तामोड नगरपालिकालाई धन्यवाद दिएकी थिइन् ।

  आफ्नो कार्यकालमा इनर ब्हील क्लव  इन्टरनेशनलको थिम वन्डर वुमनमा भद्रपुर एयरपोर्टमा बनाएको व्रेष्ट फिडिङ सेन्टर (स्तनपान कक्ष ) छनौट भएर  इनर ब्हील क्लव इन्टरनेशनल म्याग्जिनमा प्रकाशित भएर  इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट भएको उनले बताइन् ।

सम्झनाकै कार्यकालमा इनर ब्हील क्लव अफ अर्जुनधाराको गठन गरिएको थियो ।अपाङ्गाता भएका, महिला तथा वालवालिकाको क्षेत्रमा काम गर्ने लक्ष्य लिएर अघि वढेकी  इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनकी  सन् २०२२\०२३ की प्रेसिडेन्ट सम्झना भण्डारीले अर्जुनधारा क्षेत्रमा रहेका ११ जना अपाङ्गाता भएका, महिला तथा वालवालिकालाई रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको सहयोगमा ह्वील चियर प्रदान गर्नुका साथै त्यहाँका एक सय एक जना अपाङ्गाता भएका, महिला तथा वालवालिकालाई व्ल्याङकेट र एक सय ५० जनालाई  अपाङ्गाता भएका, महिला तथा वालवालिकालाई न्यानो कपडा वितरण गरेकी थिइन् । त्यस्तै उनले अर्जुनधारामा रहेको भानु माविमा अध्ययनरत् छात्रालाई स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर लगेर महिनाबारी स्वास्थ्य सम्वन्धी प्रशिक्षण दिनुका साथै उनीहरुलाई पुनः प्रयोग गर्न मिल्ने सेनीटरी प्याड बनाउने तालिम समेत प्रदान गरेकी थिइन् । 

कार्यक्रममा इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनकी सन् २०२३\०२४ की प्रेसिडेन्ट  मोनिका अग्रवालले इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउन सन् २०२३\०२४ का वोर्ड पदाधिकारी र मेम्वरहरुको परिचय गराउँदै  आफ्रनो कार्यकालमा   एक सय जनाभन्दा बढीको मुहारमा मुस्कान ल्याउने उद्धेश्यका साथ विभिन्न सामाजिक कार्य गर्ने बताइन् ।

 कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका पास्ट प्रेसिडेन्टहरु शिव अग्रवाल, प्रशान्त भण्डारी,प्रेसिडेन्ट  नविन उप्रेती (सिद्धार्थ), रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनका प्र्रेसिडेन्ट जितेश अग्रवाल, इन्ट्रयाक्ट क्लव अफ देवभूमिकी प्रेसिडेन्ट  बिनिता आचार्य , रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का ए.जी. शुभ कुमाइ पाठक, इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनका पास्ट प्रेसिडेन्टहरु  रेनु बंशल, जमुना भूषााल शर्मा सहित संस्थाका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । 

 इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनकी भाइस प्रेसिडेन्ट जुनु विमलीले धन्यवाद ज्ञापन गरेको  कार्यक्रमको सञ्चालन सेक्रेटरी लुना बस्नेतले गरेकी थिइन् । इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनकी चाटर्ड प्रेसिडेन्टमा भूमिका पोखरेल रहेकी छिन् ।