बिर्तामोड । हिन्दू नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा  राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बिर्तामोडको आयोजनामा तिजमिलन कार्यक्रम सम्पन्न भएको छ । 

 राष्ट्रिय  सौन्दर्यकर्मी युनियन नेपालकी प्रदेश कमिटी अध्यक्ष आशा लिम्वूको अध्यक्षता तथा  सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय सदस्य तथा आर्थिक सचिव धनकुमारी कन्दङवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुव्वा , समाजसेवी देवित्रा सुव्वालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 कार्यक्रममा तिज सम्वन्धी गीत, नृत्यलगायतका मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो । कार्यक्रममा दुई सय भन्दा वढी व्यूटीशियनहरुको सहभागिता रहेको थियो ।