बिर्तामोड । विश्वकर्माको पूजाको अवसर पारेर हाम्रो टेम्पो हाउस बिर्तामोड–५ ले  पत्रकारसहित ११ जना टेम्पो चालकलाई सम्मान गरेको छ । 

 सम्मानित हुनेहरुमा बिर्ताज्योति साप्ताहिकका प्रकाशक तथा सम्पादक तुलसीप्रसाद निरौला ,  टेम्पो चालकहरु लोकनाथ घिमिरे, खगेन्द्र बराल,नजरुल शेख, बिरबहादुर  रसाइली ,अनिल भण्डारी , धनबहादुर विश्वकर्मा, सन्तोष तामाङ,खगेन्द्र भट्टराई,बेदबहादुर बस्नेत र उत्कृष्ट कर्मचारी नवराज अन्सारी रहेका छन् । 

  टेम्पो चालकहरुलाई सवारी नियमको पालना गर्दै यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याएको भन्दै उत्कृष्ट  चालकको रुपमा सम्मान गरिएको  हाम्रो टेम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेले बताए । 

 उनीहरुलाई  बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी ,   हाम्रो टेम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरे, जिल्ला टा«फिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरिक्षक रोहितकुमार थापालगायतले खादा, नगद  र सम्मान पत्र प्रदान गरेका थिए । 

 सोही कार्यक्रममा जिल्ला टा«फिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरिक्षक रोहितकुमार थापाले टेम्पो चालकहरुलाई सवारी नियमसम्वन्धी प्रशिक्षण समेत प्रदान गरेका थिए ।

हाम्रो टेम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले  सवारी नियमको पालना गर्दै टेम्पो कुदाउन टेम्पो चालकहरुलाई आग्रह गरेका थिए ।  कार्यक्रममा सहभागी टेम्पो चालकहरुले हाम्रो टेम्पो हाउसले सम्मान गरेर हौसला प्रदान गरेको भन्दै   खुशी व्यक्त गरेका थिए ।

विगत पाँच वर्षदेखि पाथीभरा टोल रोड नंंं१ शनिश्चरे रोड बिर्तामोडमा सञ्चालन हुँदै  आएको हाम्रो टेम्पो हाउस अहिले शनिश्चरे रोड टाटा सोरुम पूर्व सरेको र हाम्रो टेम्पो हाउसमा टेम्पो खरिद बिक्रीसहित टेम्पो सम्वन्धी मर्मत तथा सम्पूर्ण काम गर्दै आइरहेको हाम्रो टेम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेले बताए ।

कार्यक्रमको सञ्चालन  बिर्ताज्योति साप्ताहिकका प्रकाशक तथा सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए ।