बिर्तामोड । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले विश्व शान्ति दिवसका अवसरमा दीप प्रज्जवलन गरेको छ । बिर्तामोड–४स्थित ॐशान्ति टोलमा रहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडमा भएको कार्यक्रममा एक सय वटा शान्ति दीप प्रज्जवलन गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले दीप प्रज्जवलन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडकी प्रमुख  ब्रह्माकुमारी पूर्णिमा दिदीले धार्मिक सत्संग प्रशिक्षण गराएको कार्यक्रम  इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट मोनिका अग्रवालको अध्यक्षतामा भएको थियो ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रसाईंले शान्तिको अनुभुति हुने गरि इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले दीप प्रज्जवलन गरेको बताइन् ।

कार्यक्रमको बारेमा इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेलले जानकारी गराएको  थिइन्  ।

दीप प्रज्जवलन कार्यक्रममा इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी पास्ट प्रेसिडेन्ट रेनु बंशल, जमुना शर्मा भुषाल, इमिडिएट पास्ट प्रेसिडेन्ट सम्झना भण्डारी , भाइस प्रेसिडेन्ट जुनु विमली, टे«जरर रीजु क्षेत्री, मिडिया एडीटर अनिता शर्मासहित बोर्ड मेम्बर तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी सेक्रेटरी लुना बस्नेतले गरेकी थिइन् ।