बिर्तामोड । अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा मुकुन्द ढुङ्गाना (अमेरिका) निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय झापाली समाजको झापाको बिर्तामोडमा भएको चौथो महाधिवेसनको वन्दसत्रले ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । 

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र चौलागाईं(कतार) ,उपाध्यक्षमा भूपाल सिटौला(अष्ट्रेलिया), उपाध्यक्षमा चूडामणि कार्की(कतार), महिला उपाध्यक्षमा शर्मिला बस्नेत (माल्टा) ,महासचिवमा नविन पोखरेल (कतार),सचिवमा रविन गिरी (साउदी अरेबिया) निर्वाचित भएका छन् । 

त्यस्तै, अन्तर्राष्ट्रिय झापाली समाजको ओसियाना क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका उमेश पोखरेल, सहसंयोजकमा निराजन प्रसाईं, मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरेबियाका राजेन्द्र थापा, सहसंयोजकमा कतारका भवानी कोइराला निर्वाचित भएका छन् । त्यस्तै अन्तर्राष्ट्रिय झापाली समाजको एसिया पेसिफिक क्षेत्रीय संयोजकमा जापानका मेघराज नेपाल, युएसएका संयोजक प्रसन्न संग्रौला निर्वाचित भएका छन् । 

अन्तर्राष्ट्रिय झापाली समाजको सदस्यमा साउदीबाट देवीबहादुर सुतार कार्की र कतारबाट उत्तम गुरुङ निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय झापाली समाजको कोषाध्यक्ष, एक सचिव, प्रवक्ता र सदस्यहरु कार्यसमितिको बैठकले चयन गर्ने महासचिव नविन पोखरेलले जानकारी दिए ।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिपकप्रसाद ओलीको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दिपक चुडालले गरेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजको नव निर्वाचित कार्यसमिति पदाधिकारीहरूलाई शपथ ग्रहण गराइएको थियो । 

 आगामी दुई वर्षे कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका अध्यक्ष ढुुङ्गासहितको टिमलाई  निर्वाचन अधिकृत तथा  अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष तथा संरक्षक दिनेश पोखरेलले शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा झापाका गौरीगञ्ज गाउँपालिकाको महाभारा स्वास्थ्य चौकी र  बुद्धशान्ती गाउँपालिकाको शान्तिनगर स्वास्थ्य चौकीलाई एम्बुलेन्सको चावी  हस्तान्तरण गरिएको थियो। 

पत्रकार विनोद पाण्डे, राजकुमार ओलीसहित विभिन्न व्यक्ति तथा संस्थालाई प्रशंसा पत्र प्रदान गरिएको कार्यक्रमको सञ्चालन महासचिव नविन पोखरेलले गरेका थिए ।