बिर्तामोड ।  झापाको बिर्तामोड –१ स्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कूलका विद्यार्थीले झापामा उत्पादन हुने सौर्य ऊर्जा बारे चासो लिएका छन् ।

चिल्ड्रेन इन्भारोमेन्ट स्कूलका कक्षा ६ देखि कक्षा ९ सम्म अध्ययनरत् विद्यार्थीहरुले झापा इनर्जी लिमिटेडद्वारा शिवसताक्षी नगरपालिका–४ स्थित बोलोचोकमा निर्माणाधीन अवस्थामा रहेको झापा इनर्जी लिमिटेड सौर्य ऊर्जा परियोजनामा पुगेर झापामा उत्पादन हुने सौर्य ऊर्जा बारे चासो लिएका हुन् ।

सौर्य ऊर्जा परियोजनामा पुगेका विद्यार्थीहरुलाई सौर्य ऊर्जा परियोजनाका को–अर्डिनेटर तथा इन्जिनियर अभिषेक पराजुलीले सौर्य ऊर्जाको परिचय , सौर्य ऊर्जा परियोजना स्थल, सौर्य ऊर्जा परियोजनामा गरेको लगानी, त्यहाँको वस्तुस्थिती,  सौर्य ऊर्जा उत्पादनलगायतको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै परियोजनाका इन्जिनियर केशव चापागाईंले प्यानल स्ट्याण्ड ,उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचनाहरूको बारेमा बताएका थिए ।

विद्यार्थीहरु पल लिम्बू, आकृति खड्कालगायतले सौर्य ऊर्जाका विविध पक्षबारे जिज्ञासा राखेका थिए ।

विद्यार्थीहरुलाई कितावी ज्ञानसंगै स्थलगत अवलोलकन गराएर सौर्य ऊर्जा बारे जानकारी गराइएको विद्यालयका प्रिन्सिपल सन्तोष सुव्वाले बताए ।