बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नं–७ दुर्गापुरस्थित साझा बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको ३१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गोपाल उप्रेतीको अध्यक्षता तथा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष टिकाप्रसाद पाठकले स्वागत गरेका थिए । 

कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल उप्रेतीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य ६ सय ७९ जना, शेयर पूँजी १ करोड ५७ लाख १६ हजार ७ सय रुपैयाँ, निक्षेप ३ करोड ९० लाख २८ हजार ८ सय १८ रुपैयाँ २० पैसा, कर्जा लगानी ५ करोड ६३ लाख ६५ हजार ४ सय २९ रुपैयाँ रहेको छ । संस्थाले शेयर सदस्यलाई राहत सुविधा , महिलामैत्री कार्यक्रम, धानको बीउ बितरण,गरेको तथा सुपथ मूल्यको पसल सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ । 

 कार्यक्रममा संस्थाका व्यवस्थापक विष्णु प्रसाद चुडालले आर्थिक प्रतिवेदन,  लेखा सुपरीवेक्षण समितिका संयोजक भरतकुमार थपलियाले लेखा परीक्षाण प्रतिवेदन प्रस्तुत गरेका थिए  ।

 कार्यक्रममा संचालक समितिका पूर्व सदस्यहरु तारा थपलिया र गंगा प्रसाद खरेल , लेखा समितिका पूर्व सदस्यहरु भिष्मभूषण सिटौला र भक्ति प्रसाद संग्रौलालाई सम्मान गरिएको थियो भने  उत्कृष्ट बचतकर्ता युक्तप्रसाद घिमिरे, उत्कृष्ट ऋणि सृजना कडरीया, उत्कृष्ट विधार्थी रितिका घिमिरेलाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी संस्थाद्वारा सञ्चालित सुपथ मूल्य पसलबाट बर्षभरीमा सर्वाधिक खरीदकर्ताको रुपमा  दिपा सुब्बा, गोपाल उप्रेती, विष्णुप्रसाद चुडाल र बलमाया तिम्सिनालाई पुरस्कृत गरिएको थियो ।

 कार्यक्रममा ज्येष्ठ शेयर सदस्य  चिरञ्जिवि उप्रेती,एक्सेल डेपलपमेन्ट वैंक दुर्गापूरका प्रवन्धक रमेश थापा, लेखा समितिका  पूर्व सदस्य भक्तिप्रसाद संग्रौला, कनकाई –८ का वडाध्यक्ष लिलाबहादुर कटुवाल र कनकाई –७ का वडाध्यक्ष भिष्मभूषण सिटौलाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाको नयाँ कार्य समिति चयनको लागि आगामी पौष ७ गते निर्वाचन हुने  निर्वाचन समितिका संयोजक चन्द्रप्रसाद चुडालले जानकारी गराएका थिए ।

कार्यक्रममा भाग्यचिठ्ठा सञ्चालन गरी विजेता शेयर सदस्यलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको सञ्चालन  संस्थाका व्यवस्थापक विष्णुप्रसाद चुडालले गरेका थिए ।