बिर्तामोड । झापाको बिर्तामोड –४ स्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारणसभा अन्तरगत माइन्युट प्रमाणिकरण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष दंगालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको  शेयर सदस्य ३५ हजार ८ सय ८४ जना, शेयर पुँजी १८ करोड ८७ लाख ४८ हजार ७ सय रुपैयाँ , जगेडाकोष १ करोड ८८ लाख १५ हजार ७ सय ८२ रुपैयाँ , कुल संस्थागत पुँजी २ करोड ५ लाख ५० हजार २ सय रुपैयाँ , विभिन्न कोषहरु ५ करोड ६९ लाख ७८ हजार ५ सय ३५ रुपैयाँ , कूल बचत एक अर्ब १४ करोड ११ लाख ६४ हजार ५८रुपैयाँ  , लगानीमा रहेको कर्जा १ अर्ब ८४ करोड ७२ लाख ६ हजार ७ सय ९२ रुपैयाँ  , आम्दानी ३५ करोड २२ लाख २३ हजार ५ सय ३५ रुपैयाँ ६ पैसा , खर्च ३५ करोड १७ लाख २५ हजार ९ सय ८८ रुपैयाँ ४० पैसा , नाफा ४ लाख ९७ हजार ५ सय ४६ रुपैयाँ ६६ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आर्थिक तथा सामाजिक सहयोग अन्तरगत २० जना सदस्यले ५ लाख १७ हजार २ सय २४ रुपैयाँ, सदस्य उपचार कोष अन्तरगत ३२ जना सदस्यले ४ लाख ६५ हजार ७ सय ९४ रुपैयाँ र ऋण सुरक्षण कोष अन्तरगत ६ जना सदस्यको ४ लाख १६ हजार ३ सय  रुपैयाँ ऋण रकम मिनाह गरिएको छ ।

गत आवको असार मसान्तसम्म २० दशमलव ७९ प्रतिशत अर्थात् २३ करोड ९३ लाख ४ हजार ६ सय २२ रुपैयाँ तरलता रहेको थियो भने कूल सम्पत्ति २ अर्ब २१ करोड ३५ लाख ५३ हजार ७५ रुपैयाँ रहेको जनाइएको छ ।

त्यस्तै सहकारीले संस्था एकीकरण अन्तरगत कमल गाउँँपालिका–२ स्थित श्रुतीकृति महिला कृषि सहकारी संस्था र मोरङको पथरी–शनिश्चरे स्थित मत्स्य विकास समृद्धि बहुउद्देश्यीय सहकारी संस्थासँग एकीकरण समेत गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णराज कटुवालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन ,  ऋण उपसमितिका संयोजक तुलसुीप्रसाद गौतमले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेको   संस्थाका सहायक प्रबन्धक सरोज दाहालले जानकारी दिए । 

कार्यक्रममा झापा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक बिकास शाखा अधिकृत डिल्ली दाहालले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव विश्वेश्वरप्रसाद लामिछानेले गरेका थिए ।