बिर्तामोड ।अरुणोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड–५ को अध्यक्षमा ताराप्रसाद नेपाल चयन भएका छन् ।संस्थाको  ११औं वार्षिक साधारण सभाले आगामी चार वर्षे कार्यकालको नेपालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको  हो ।

 नवगठित सञ्चालक समितिको उपाध्यक्षमा माधवीदेवी भण्डारी, सचिवमा दीपक तिम्सिना, सहसचिवमा टीकादेवी ढकाल, कोषाध्यक्षमा दीपा पोखरेल रहेका छन् । त्यस्तै समितिको  सदस्यहरुमा डिकबहादुर विश्वकर्मा, दीपेन्द्र संग्रौला, निर्मल निरौला र सदिक्षा खड्का चयन भएका छन् ।

त्यसैगरी सोही साधारण सभाले बालकृष्ण दाहालको संयोजकत्वमा किशोर पौड्याल र सपन बस्नेत सदस्य रहेको तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरेको थियो । समिति चयन गर्नका लागी रामकृष्ण ढकाल,पुष्पलाल भण्डारी, रमेशकुमार नेपाल सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो । 

संस्थाका अध्यक्ष ताराप्रसाद नेपालको अध्यक्षता तथा  प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका निवर्तमान व्यवस्थापक बालकृष्ण दाहालले स्वागत गरेका थिए । 

कार्यक्रममा संस्थाका  अध्यक्ष नेपालले संस्थाको गत आर्थिक वर्ष ०७९÷०८०को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।  संस्थाको  शेयर सदस्य २ हजार ५ सय ५८ जना ,शेयर पूँजी एक करोड १५ लाख २३ हजार चार सय रुपैयाँ, निक्षेप संकलन २९ करोड तीन लाख ९१ हजार पाँच सय ७२ रुपैयाँ नौ पैसा, ऋण लगानी छ करोड २२ लाख ६६ हजार छ सय ३९ रुपैयाँ २३ पैसा, भुक्तानी दिनुपर्ने दायित्व चार लाख १९ हजार नौ सय ७४ रुपैयाँ ९८ पैसा र नगद तथा बैंक मौज्दात ५० लाख ८८ हजार छ सय पाँच रुपैयाँ ६५ पैसा उल्लेख गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ दीपक कार्की,  असल ऋणीतर्फ रमेशकुमार नेपाल, बाल बचतकर्तातर्फ सुहाना भारती, गत शैक्षिक वर्ष २०७९को एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने छात्र करण भण्डारी र छात्रा विदिसा संग्रौला तथा उत्कृष्ट कर्मचारी तुलसा लोकुजलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो । 

ब्रिलियन्ट पिपुल्स सेकेन्डरी स्कुलका अध्यक्ष कैलास पोखरेललगायतले मन्तव्य राखेको कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक इन्द्रकमल खनालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

 कार्यक्रमको सञ्चालन संस्थाका सचिव दीपक तिम्सिनाले गरेको संस्थाका व्यवस्थापक पिताम्बर कोइरालाले जानकारी दिए ।