बिर्तामोड  । छठ महिला मञ्च बिर्तामोडले बिर्तामोड– ३ बिर्ताबजारमा व्ल्याङकेट बितरण गरेको छ । 

 मकर संक्रान्तीको अवसर पारेर जाडोको समयमा ओड्नेको अभावमा कष्टकर जीवन विताउँदै आएका विपन्न र असहाय व्यक्तिलाई  व्ल्याङकेट बितरण गरिएको छठ महिला मञ्च बिर्तामोडकी अध्यक्ष हेमलता चौधरीले बताइन् ।

छठ महिला मञ्च बिर्तामोडकी अध्यक्ष हेमलता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा १० थान व्ल्याङकेट बितरण गरिएको थियो ।

छठ महिला मञ्च बिर्तामोडका सल्लाहकारहरु मिना चौधरी, प्रमिला शाह, सदस्यहरु पुनम शाह, पिंकी शर्मा, अनिता गुप्ता, उमा शाहलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा  छठ महिला मञ्च बिर्तामोडकी अध्यक्ष हेमलता चौधरीले मधेसी समाज सेवा समिति बिर्तामोडकाअध्यक्ष रामेश्वर मण्डललाई १० थान व्ल्याङकेट हस्तान्तरण गरेकी थिइन् । 

कार्यक्रमको सञ्चालन छठ महिला मञ्चकी महासचिव निशा सोनी कर्णले गरेकी थिइन् ।