बिर्तामोड ।  सोदुङ्गे लेप्सुहाङ फेदाङमा जानपा संघ केन्द्रीय समितिको आयोजनामा कनकाई माईधारमा लिम्बु समुदायको नयाँ वर्ष कक्फेवा तङनाम तथा माघे संक्रान्ति पर्व मनाइएको छ ।

सोदुङ्गे लेप्सुहाङ फेदाङमा जानपा संघ केन्द्रीय समितिका अध्यक्ष दलबहादुर योङहाङको अध्यक्षता तथा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख रोशन थोप्राको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चन्द्र योङ्याले स्वागत गरेका थिए ।

कार्यक्रममा पूर्व साँसद तारा सम याङया, झापा अध्यक्ष कमल तवेवुङलगायतले शुभकामना दिएका थिए । कार्यक्रममा लिम्वू संस्कार सम्वन्धी गीत, नृत्यप्रस्तुत गरिएको थियो ।

कार्यक्रमको सञ्चालन सोदुङ्गे लेप्सुहाङ फेदाङमा जानपा संघ झापाका सचिव दलबहादुर येङदेन लिम्वूले गरेका थिए ।