बिर्तामोड । झापाको मेचीनगर –१३ चारआलीमा रहेको तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा टिकाराम रिजाल निर्वाचित भएका छन् ।

संस्थाको १६ औं वार्षिक साधारण सभा तथा अधिवेसनले रिजालको अध्यक्षतामा नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको हो ।

 सञ्चालक समितिको नव निर्वाचित उपाध्यक्ष दुर्गाप्रसाद निरौला, सचिव प्रकाश चापागाईं रहेका छन् । त्यस्तै सदस्यहरुमा उत्तमकुमार पौडेल, श्रीराम मरासिनि, मुना श्रेष्ठ, क्सुम भट्टराई, सन्तोषकुमार न्यौपाने , जगतप्रसाद पौडेल, निर्मला चौहान भण्डारी , पुष्पा अधिकारी रहेका छन् । त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा देवीप्रसाद खतिवडा र सदस्यहरुमा अर्जुनकुमार पोख्रेल र ज्ञानप्रसाद पौडेल रहेको निर्वाचन समितिका संयोजक रमेशकुमार दाहालले बताए ।

संस्थाको नयाँ नेतृत्व चयन गर्न दाहालको संयोजकत्वमा केशव पोख्रेल र पुष्पराज कार्की सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । कार्यक्रममा निर्वाचन समितिका संयोजक रमेशकुमार दाहालले नवनिर्वाचित पदाधिकारीहरुको नाम घोषणा गर्नुका साथै नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामनासहित प्रमाण पत्र प्रदान गरेका थिए ।

संस्थाका अध्यक्ष टिकाराम रिजालको अध्यक्षता तथा मेचीनगर –१३ का वडाध्यक्ष कृष्णराज सिग्देलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गाप्रसाद निरौलाले स्वागत गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष टिकाराम रिजालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य २ हजार १ सय ७० जना, शेयर पूँजी १ करोड ४७ लाख २८ हजार १ सय रुपैयाँ, निक्षेप ८ करोड १६ लाख ३५ हजार १ सय ७४ रुपैयाँ, लगानीमा रहेको कर्जा ७ करोड १० लाख ५९ हजार ६ सय १९ रुपैयाँ , कोष ६२ लाख ९७ हजार ४ सय ६१ रुपैयाँ, वासलात १० करोड २८ लाख ९७ हजार ३० रुपैयाँ , आम्दानी १ करोड ५ लाख ३ हजार ८ सय ८९ रुपैयाँ ,खर्च ९१ लाख ८५ हजार ६ सय ३० रुपैयाँ र नाफा १३ लाख १८ हजार २ सय ५९ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । 

कार्यक्रममा संस्थापक सदस्यहरु लेखनाथ पौडेल, रमेशकुमार दाहाल, विजया निरौला दाहाल, महम्मद मुस्लिम, मिलनकुमार ढुंगानालाई संस्थापक सदस्यको सम्मान गरिएको थियो भने उत्कृष्ट बचतकर्ता स्वेता घिमिरेृ, तारा थेगिम लिम्वू, असल ऋणी खुवराज राजवंशी, बालबचतकर्ता साहिना बराल, ज्येष्ठ सदस्य कृष्णमाया काफ्ले, एसईईमा उत्कृष्ट अनुषा खनाल, उत्कृष्ट कर्मचारी  जानुका पनेरु, उद्यामशील सम्मान ललिता ठाकुर , संस्थागत समूह सम्मान नारी एकता बचत समूह चारआलीलाई प्रदान गरिएको संस्थाका व्यवस्थापक मोहन अधिकारीले बताए ।

संस्थापक अध्यक्ष लिलाप्रसाद भण्डारीलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक मोहन खतिवडाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संसथाका सचिव प्रकाश चापागाईंले गरेका थिए ।