बिर्तामोड ।  झापाको बिर्तामोडमा आरआर पोलिक्लिनिक तथा लुक एट मी स्किन हेयर एस्थेटिक क्लिनिक सञ्चालनमा आएको छ ।

युवा व्यवसायी महेन्द्रबहदुर राईले दुई करोड रुपैयाँको लगानीमा  बिर्तामोड –४ स्थित भद्रपुर रोडमा आरआर पोलिक्लिनिक तथा लुक एट मी स्किन हेयर एस्थेटिक  क्लिनिक सञ्चालनमा ल्याएका हुन् ।  

 आरआर पोलिक्लिनिक तथा लुक एट मी स्किन हेयर  एस्थेटिक क्लिनिकका सञ्चालक महेन्द्रबहादुर राईको अध्यक्षता तथा   वरिरष्ठ स्कीन,हेयर तथा लेजर स्पेसलिष्ट  हेयर ट्रान्सप्लान्ट सर्जन डा, मोहन भुसालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत कर्मचारी रेणुका श्रेष्ठले गरेकी थिइन् । 

कार्यक्रममा प्रमुख अतिथि डा. भुसालले काठमाडौं बाहिर उच्च गुणस्तरीय प्रविधिसहितको सेवा प्रदान गर्ने पहिलो आरआर पोलिक्लिनिक तथा लुक एट मी स्किन हेयर एस्थेटिक  क्लिनिक रहेको बताउँदै आफूले समेत सेवा दिने जनाए ।

छाला तथा सौन्दर्य सम्बन्धी उपचारका लागी काठमाडौंसम्म सेवाग्राही गइरहेको अवस्थामा बिर्तामोडमा आरआर पोलिक्लिनिक तथा लुक एट मी स्किन हेयर एस्थेटिक  क्लिनिक सञ्चालनमा आएसंगै त्यो वाध्यता हटेर जाने उनले बताए । 

 आरआर पोलिक्लिनिक तथा लुक एट मी स्किन हेयर एस्थेटिक  क्लिनिकमा शरीरमा हुने दुबी, डावर, पुरानो दाद, शरीर चिलाउने, छाला फुस्रो हुने, कपाल खस्ने, तालु खुइलिने, यौन रोग तथा कुष्ठ रोगको समस्या, डन्डिफोर, अनुहारको चाँयापोतो, बालबालिका र नवजात शिशुको छाला सम्बन्धीलगायत सबै समस्याको उपचार साथै सल्लाह सुझाव दिइने आरआर पोलिक्लिनिक तथा लुक एट मी स्किन हेयर एस्थेटिक  क्लिनिककी म्यानेजिङ डाइरेक्टर मनिता राइले बताइन् । 

नयाँ प्रविधिको प्रयोगबाट कपाल रोप्ने र ट्याटु हटाउने कार्य समेत गरिने बताउँदै उनले   दैनिक प्याथोलोजी ल्याब सेवा, फार्मेसी सेवा साथै छाला सम्बन्धी विशिष्टीकृत सेवाहरुलाई समय अनुसार अगाडि बढाउँदै लगिने जानकारी दिइन् ।  

कार्यक्रममा वरिष्ठ छाला रोग विशेषज्ञ डा. डा. रोहित पन्जीयार ,बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यमी समूहकी अध्यक्ष तिलोत्तमा खत्री, लगायतले शुभकामना मन्तव्य राख्दै गुणस्तरीय सेवा प्रदान गर्न सुझाव दिएका थिए ।   कार्यक्रमको सञ्चालन सागर रिजालले गरेका थिए ।