बिर्तामोड । झापाको काँकडभिट्टास्थित होटल हिकोला हेरिटेजको चौथो वर्ष पुरा गरी पाँचौं वर्ष प्रवेश गरेको अवसर पारेर साहित्य चौतारी झापाले सांगीतिक काव्य सभासहित नेपाल र भारतका पाँच जना अग्रज श्रष्टालाई अभिनन्दन गरेको छ । 

 साहित्य चौतारी झापाको रजत वर्ष महाअभियान अन्तर्गत सांगितिक काब्यसभासहित नेपाल र भारतका पाँच जना अग्रज श्रष्टालाई अभिनन्दन गर्नुका साथै  नेपाली साहित्य तथा साँगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउने अमर सर्जक स्वरसाम्राज्ञी  अरुणा लामाको स्मृतिमा श्रद्धासुमन अर्पणसहित उनका सृजना र अन्य सृजना प्रस्तुत गरिएको हो । 

होटल हिकोला हेरिटेजका प्रवन्ध निर्देशक तथा साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा  साहित्य चौतारी झापाका सल्लाहकार साहित्यकार हरिनारायण भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  होटल हिकोला हेरिटेजका प्रवन्धक तथा साहित्य चौतारी झापाका सहसंरक्षक सचिव तथा कार्यक्रम संयोजक गौरव श्रेष्ठले स्वागत गरेका थिए  । 

साहित्य चौतारीका तत्कालिन सचिव स्व. डिकमान विरहीको शव्द रहेको स्वागत गीत साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठसहितका कलाकारले प्रस्तुत गरेको कार्यक्रममा संस्थापक संरक्षक तथा अध्यक्ष श्रेष्ठका दिवंगत मातापिता स्व. भीमबहादुर श्रेष्ठ, स्व. पञ्चकुमारी श्रेष्ठ , स्व. धनमाया बिमली र स्व. जगन्नाथ विमली तथा संस्था स्थापनादेखि हालसम्मका दिवंगत श्रष्टाहरुको स्मृतिमा मौनधारण गरिएको थियो ।

कार्यक्रममा होटल हिकोला हेरिटेजका प्रवन्ध निर्देशक तथा साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले औचित्यमाथी प्रकाश पार्दै आफ्नो ज्येष्ठ सुपुत्र गौरव श्रेष्ठको जन्मदिन पारेर २०७६ साल माघ २६ गते होटल हिकोला हेरिटेज काँकडभिट्टाको स्थापना गरेको बताउँदै  विभिन्न आरोह–अवरोहका बीच चौथो  वर्ष पूरा गरेको जनाए । 

उनले आगन्तुक, अतिथि पाहुनाहरुको माया र सद्भावका कारण  होटल हिकोला हेरिटेज काँकडभिट्टा यो अवस्थासम्म आइपुग्न सफल भएको जनाए । २०७६ साल माघ २६ गते तत्कालिन  प्रदेश –१ का मुख्यमन्त्री शेरधन राईले होटल हिकोला हेरिटेज काँकडभिट्टाको उद्घाटन गरेको बताउँदै उनले काँकडभिट्टामा करोडौं रुपैयाँको लगानीमा होटल हिकोला हेरिटेज स्थापना भएको केही समयमा कोरोना संक्रमण सुरु भएर होटल व्यवसाय क्षेत्रमा ठूलो असर पुगे पनि अबिचलित यात्राका कारण पछिल्लो समय होटल हिकोला हेरिटेज काँकडभिट्टा  स्थापित हुँदै गएको जनाए ।

कार्यक्रममा भारतका नेपालीभाषी  अग्रज श्रष्टाहरु वरिष्ठ साहित्यकार तथा दीर्घ सञ्चार उद्यमी मिमलाल सापकोटा , वरिष्ठ साहित्यकार युवराज काफ्ले, वरिष्ठ साहित्यकार तथा चलचित्र लेखक मुक्ति उपाध्याय बराल, र नेपालका साहित्य चौतारी झापाका सस्थापक सदस्य तथा साहित्य चौतारी झापाको प्रथम वार्षिकोत्सवका प्रमुख अतिथि राष्ट्रकवी माधवप्रसाद घिमिरेलाई प्रथम निमन्त्रणा पत्र लेखक संविधान सभा सदस्य भक्त खपाङ्गी र साहित्यकार साहित्य चौतारी झापाकी सस्थापक सदस्य विमला तुम्खेवालाई अभिनन्दन गरिएको थियो ।

उनीहरुलाई साहित्य चौतारी झापाका सल्लाहकार संयोजक तथा रजतवर्ष कृति विशेषाङ्कका सम्पादक राजेन्द्र संग्रौला,सल्लाहकार अनिरुद्र ओली, कानूनी सल्लाहकार कृष्णप्रसाद पौडेलले बाचन गरेको अभिनन्दन पत्र, माला, खादा अर्पण गरिएको थियो । 

कार्यक्रममा  नेपाली साहित्य तथा साँगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउने अमर सर्जक स्वरसाम्राज्ञी अरुणा लामाको स्मृतिमा श्रद्धा सुमन अर्पणसहित सप्तक संगीतालय बिर्तामोडका विद्यार्थीहरु अनन्त मिश्र, आलिया अधिकारी, प्रज्जवल थापाले गीत प्रस्तुत गरी  उनलाई सम्झिएका थिए । साहित्यकार मीना अधिकारी,मोक्ष खतिवडाले कविता प्रस्तुत गरेको कार्यक्रममा भारतका नेपालीभाषी श्रष्टाहरु रमेश गुरुङ, जुनु गौतमलगायतले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा  आर्ट स्टुडियो महिला नौमती बाजा समूहका प्रशिक्षक अम्बरबहादुर दर्नाल दर्जीले पूर्वीय भाकाको गीत प्रस्तुत गर्नुका साथै मुर्चुङ्गा बजाएर सबैको मन जितेका थिए । 

कार्यक्रममा अभिनन्दीत व्यक्तित्वको तर्फबाट भारतका नेपालीभाषी  अग्रज श्रष्टाहरु वरिष्ठ साहित्यकार तथा दीर्घ सञ्चार उद्यमी मिमलाल सापकोटा , वरिष्ठ साहित्यकार युवराज काफ्ले, वरिष्ठ साहित्यकार तथा चलचित्र लेखक मुक्ति उपाध्याय बराल, नेपालका साहित्य चौतारी झापाका सस्थापक सदस्य संविधान सभा सदस्य भक्त खपाङ्गी र  साहित्य चौतारी झापाका मानार्थ सल्लाहकार जीवन अधिकारी , प्रमुख अतिथि तथा संस्थाका सल्लाहकार साहित्यकार हरिनारायण भट्टराईले साहित्य चौतारीले साहित्य,कला ,संगीतका क्षेत्रमा योगदान गरेका नेपाल र भारतका अग्रज  श्रष्टा ,सर्जकहरुलाई अभिनन्दन गरेकोमा खुशी व्यक्त गर्दै साहित्य,कला ,संगीत ,भाषा, संस्कृति , परम्पराको संरक्षण र प्रवद्धृनमा साहित्य चौतारीको योगदान अतुलनीय रहेको बताए । 

सोही कार्यक्रममा साहित्य चौतारी झापाका सहसंरक्षक तथा सचिव गौरव श्रेष्ठको जन्मोत्सव मनाइएको थियो । जन्मोत्सवमा आर्ट स्टुडियो महिला नौमती बाजा समूहका महिलाले नौमती बाजा बजाउँदै प्रमुख अतिथि र अन्य अतिथि तथा शुभचिन्तकले साहित्य चौतारी झापाका सहसंरक्षक तथा सचिव गौरव श्रेष्ठलाई टिका लगाउँदै खादा, माला , उपहार प्रदानगरी दिर्घ जीवनको शुभकामना दिएका थिए । 

कार्यक्रममा संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले  संस्थाको स्थापनाकालदेखि संस्थासंग जोडिएर उल्लेखनीय योगदान गर्ने भारतका नेपालीभाषी  अग्रज  श्रष्टाहरुलाई अभिनन्दन गर्न पाउँदा संस्था आफैं अभिनन्दीत भएको बताउँदै उहाँहरुको आशिर्वाद संधै प्राप्त गरिरहने जनाए ।

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठ, संरक्षक पुत्री वर्षा श्रेष्ठ , संस्थापक सचिव खिलप्रसाद शिवाकोटी, साहित्यकार विष्णुप्रसाद भट्टराई, जानुका गुरागाईं, निलकण्ठ भट्टराई,डा. खगेन्द्रप्रसाद दाहाल, एनवी दाहाल साहित्य चौतारी झापाका उपाध्यक्ष(कला) हिम्मत नेम्वाङ, शान्ता पौडेल (संगीत),  सहकोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ,सदस्यहरु मनिषा भट्टराई, गोमा विमली, सुनिता तामाङ, धनकुमारी दमाई,सल्लाहकार समितिका संयोजक राजेन्द्र संग्रौला, सदस्यहरु अनिरुद्र ओली, भवानी क्षेत्री भारतीय साहित्यकारहरुलाई कार्यक्रममा ल्याउन सहजीकरण गर्ने डिएल प्रधान, सप्तक संगीतालयकी सञ्चालिका आकृति खतिवडा, संगीत प्रशिक्षक अर्पण सापकोटासहित नेपाल र भारतका अग्रज तथा नवप्रतिभा श्रष्टाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका प्रेस सल्लाहकार तुलसीप्रसाद निरौलाले गरेका थिए ।