बिर्तामोड। वीरता जेसीज २०२४ को अध्यक्षमा विकास बस्नेत निर्वाचित भएका छन् ।

वीरता जेसीजको ४३ औ साधारणसभा तथा अधिबेशनको बन्दसत्र अन्तर्गत फागुन १० गते भएको निर्वाचनमा वीरता जेसीज २०२४ को अध्यक्षमा विकास बस्नेत निर्वाचित भएका हुन् ।

वीरता जेसीज २०२४ को अध्यक्षका लागी  विकास बस्नेत र टिकाराम खतिवडाबीच भएको प्रतिष्पर्धामा वस्नेतले ८४ मत ल्याउँदै अध्यक्षमा निर्बाचित भए भने  अध्यक्षका प्रत्यासी उम्मेदवार टिकाराम खतिवडाले ४ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रविन खड्काले जानकारी दिए ।

त्यस्तै दुई जना कार्यकारीणी उपाध्यक्षका लागी भएको निर्वाचनमा  एलसी श्रेष्ठ ७२ मत र अमरजित शाह ५२ मत प्राप्त गर्दै निर्वाचित भए भने प्रभात मास्केले २७ मत ल्याउँदै पराजित भएको निर्वाचन अधिकृत प्रविन खड्काले जानकारी दिए ।  निर्वाचनमा  २ मत बदर भएको थियो ।

यस अघि वीरता जेसीज २०२४ को जनसम्पर्क अधिकारी राज मुखिया, तालिम संयोजक वाप्पा शाह, प्रकरण निर्देशक दिपेन धिमाल, संयुक्त सचिव प्रज्जवल विमली , उपाध्यक्षहरु डिकबहादुर गहतराज ‘अभिषेक’, सुशिल थापा, विज्ञानराज पौडेल र सुवास तिखत्री निर्विरोध भएका थिए ।