बिर्तामोड । नेपाल राष्ट्रिय वाणिज्य संघ झापाको अध्यक्षमा युवा व्यवसायी नारायणप्रसाद चिमरिया निर्वाचित भएका छन् ।
बिर्तामोडमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले चिमरियाको नेतृत्वमा चारबर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षद्वयमा मोहनप्रसाद सुवेदी, रमेश अधिकारी , सचिवमा यामनाथ बिमली, कोषाध्यक्षमा मिनाल तिम्सिना, सह–सचिवमा कृष्ण तिवारी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा भुवन कार्की, निर्मला खरेल ओडारी र सुशिला कटुवाल निर्वाचित भएका छन् ।
नेपाल राष्ट्रिय वाणिज्य संघ झापाका अध्यक्ष पर्वत कार्कीको अध्यक्षता तथा नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष केदार लामिछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको औचित्यमाथि भिष्मराज खरेलले प्रकाश पारेका थिए ।
कार्यक्रममा नेकपा एमालेका बिर्तामोड अध्यक्ष सुवास भट्टराई, एमाले कार्यालय सचिव छबिलाल विक, उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय सदस्य रिङकुमार आचार्यलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय सचिव भिष्मराज खरेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय सदस्य कुलप्रसाद खरेल, नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरी, उपाध्यक्ष शिव ढुङ्गेललगायतको आतिथ्य रहेको थियो ।
नेपाल अलैंची व्यवसायी महासंघको महासचिव समेत रहेका चिमरिया विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका छन् । अध्यक्षमा निर्वाचित भएपछि उनले व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।




















