बिर्तामोड ।  हलुवाई समाज  बिर्तामोडले होलिमिलन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष भोला शाहको अध्यक्षता तथा प्रदेश साँसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एक–आपसमा रङ लगाएर होलि पर्वको शुभकामना आदनप्रदान गरिएको थियो ।

छठ समाज सेवा समिति बिर्तामोडका उपाध्यक्ष राजकुमार शाहले  कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दै होलि पर्वको महत्व र होलि मिलन कार्यक्रम आयोजना गर्नुको उदेश्यहरु बारे जानकारी गराएको कार्यक्रममा छठ महिला मञ्चकी सचिव मेनुका शाहले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राजु न्यौपाने, बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मेघराज वाँस्तोलालगायतले होलि पर्वको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थालाई महत्वपूर्ण योगदान पुर्याउने  रामाशिष शाह, विनोद शाहलाई खादा ओडाएर सम्मान पत्रसहित सम्मान गरिएको थियो भने विर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राजु न्यौपानेसहितका पदाधिकारीहरुलाई कार्यसफलताको शुभकामनासहित सम्मान गरिएको थियो ।

कार्यक्रममा रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत ,नृत्यसहित होली पर्व मनाईएको कार्यक्रम संयोजक दिपक शाहले जानकारी दिए । 

 कार्यक्रमको संयोजकहरुमा सञ्जय शाह, सुरज शाह, सन्तोष शाह, विनोद शाह, मनोज शाहलगायत रहेका थिए । कार्यक्रमको सञ्चालन बविता शाहले गरेकी थिइन् ।