बिर्तामोड । झापाको बिर्तामोड –७ गरामनीमा मेची महाकाली बुहारी संयुक्त आवाज झापाको केन्द्रीय कार्यालय स्थापना गरिएको छ ।

केन्द्रीय कार्यालयको उद्घाटन मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष यमु शर्मा सुव्वा र केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेले गरेका थिए ।

कार्यालय उद्घाटन अघि अमेरिकाबाट काठमाडौं हुँदै चन्द्रगढी विमानस्थलमा ओर्लिएकी केन्द्रीय अध्यक्ष शर्मालाई केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्ले, झापा जिल्ला अध्यक्ष शिखा खड्का गणेश तथा पदाधिकारीहरुले भव्य स्वागत गर्दै दुर्गामन्दिरमा पूजाअर्चना र दर्शनसहित पञ्चेवाजाको तालमा नाचगान गर्दै कार्यक्रमस्थल प्रवेश गराइएको थियो । 

मेची महाकाली बुहारी संयुक्त आवाज झापा जिल्ला अध्यक्ष शिखा खड्का गणेशको अध्यक्षता तथा मेची–महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष यमु शर्मा सुव्वाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा जिल्ला कोषाध्यक्ष परु सुवेदीले स्वागत गरेकी थिइन् । 

 संस्थाकी केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै देश बिदेशमा छरीएर रहेका बिवाहीत महिलाहरुलाई एकिकृत गराई परोपकार तथा लोककल्याणका कामहरु गर्दै जनसमुदायमा बिश्वास र मायाको सम्बन्ध स्थापना गराई महिला तथा बालबालिकाको हिंसाबिरुद्ध काम गर्ने अभियानमुलक संस्था मेची–महाकाली बुहारी संयुक्त आवाज भएको बताइन् ।

 उनले आफूहरु शोषण र पिडामा परेका चाहे त्यो महिला होस या पुरुष ,ब्रृद्ध होस या बालक सबैको संयुक्त आवाज बनेर घरेलू हिंसाको समाधान तथा रोकथाम, बलात्कार जस्ता जघन्य अपराधका दोषीहरूलाई  कानूनको कठघरामा ल्याएर न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन दबाव दिने, शिपमूलक तालिम, नेतृत्व बिकास तालिम तथा समस्यामा रहेकाहरूलाई आर्थिक तथा अन्य सहयोग गर्दै आइरहेको बताइन् ।

पछिल्लो समयमा धेरै छोरी चेली र बालबालिकाहरुले बिना कारण समाजमा विभिन्न आलोचना हत्या हिसां र बलात्कार जस्ता अपराध बाल अधिकार हनन , सहदै आईरहेकाले त्यसको बिरुद्धमा आफूहरुले आवाज उठाउँदै आइरहेको उनले बताइन् । झापाबाट शुरु भएको संस्था देशभर ५२ जिल्लामा संगठित रहेको  र संस्थामा १७ हजार भन्दावढी बुहारीहरु सदस्य रहेको बताइन् । 

कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाज झापा जिल्ला अध्यक्ष शिखा खड्का गणेश तथा पदाधिकारीहरुले मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष यमु शर्मा सुव्वा र केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेलाई दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरेका थिए ।

त्यस्तै केन्द्रीय अध्यक्ष शर्मा र उपाध्यक्ष काफ्लेलाई मेची महाकाली बुहारी संयुक्त आवाज झापाको दमक उपशाखाकी सचिव रिना चेम्जोङ राई  र पदाधिकारी तथा  भद्रपुर उपशाखाकी अध्यक्ष दिक्षा काफ्ले र पदाधिकारीहरुले सम्मानसहित मायाको चिनो प्रदान गरेका थिए ।

  त्यस्तै केन्द्रीय अध्यक्ष शर्मालाई श्रीमद् भागवत गिताको पुस्तक समेत प्रदान गरिएको थियो । सोही कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाज झापामा आवद्ध ७० जना भन्दा वढीलाई संस्थाको आजीवन सदस्यता प्रमाणपत्र बितरण समेत गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष शर्माले मेची महाकाली बुहारी संयुक्त आवाज झापाका पदाधिकारीहरुले आफूलाई भव्य सम्मान गर्दा आफ्नो घर झापामा नभएपनि मेची महाकाली बुहारी संयुक्त आवाज झापाका पदाधिकारीहरुको सम्मानले वास्तविक घरमा आए जस्तो लागेको बताइन् ।

आफूहरुलाई झापामा गरेको स्वागत र सम्मानले देशैभरका महिलाहरुलाई हक अधिकार दिलाउन उर्जा थपिएको बताउँदै उनले देशव्यापी रुपमा आवाज विहिनहरुको आवाजलाई बुलन्द पार्दै अन्यायका बिरुद्ध न्यायका लागि देशका कुनाकन्दरासम्म लडीरहने प्रतिवद्धता जनाइन् ।

पछिल्लो समय  महिला हिंसा बढिरहेको र यसबाट बुहारीहरु बढी प्रभावित भएको बताउँदै उनले आफूहरुले त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याएको जिकिर गरिन् ।

उनले मेची महाकाली बुहारी संयुक्त आवाजले छोरी बुहारी र महिला मात्र न रहेर समाजमा घट्ने हरेक घटनाबिरुद्ध आवाज उठाउँदै आइरहेको , पिडित पक्षलाई न्याय दिनको लागि क्रियाशिल र समस्यामा परेका तथा विभिन्न रोगले ग्रसित गरिव तथा विपन्न परिवार र बाढि पहिरो,आगलागी जस्ता दैविविपत्तीका घटनामा परेकालाई सहयोग समेत गर्दै आइरहेको बताइन् ।

कार्यक्रममा मेची–महाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय सल्लाहकार सुर्यहरी मरहठ्ठाले महिलामाथि हुने हिंसा र भेदभाव विरुद्ध संस्थाले सशक्त रुपमा आवाज प्रस्तुत गर्दै आएको बताए ।

संस्थाकी दमक उपशाखा सचिव रिना चेम्जोङ राईले मेची महाकाली बुहारी संयुक्त आवाज झापामा आवद्ध भएर महिला तथा बालबालीका हिंसाबिरूद्द लागीपर्दै पीडितलाई न्याय दिलाउन सफल भएको तथा  बिभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आएको बताइन् ।

कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाज झापा जिल्ला अध्यक्ष शिखा खड्का गणेशले झापामा संस्थाको केन्द्रीय कार्यालय उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष र केन्द्रीय उपाध्यक्षलाई स्वागत तथा सम्मान गर्न पाउँदा खुशी लागेको बताइन् । उनले झापाको भद्रपुर र दमकमा उप–शाखासमेत स्थापना गरिएको र  झापामा मात्रै करिब ५ सय बुहारीहरु संस्थाका सदस्य रहेको जानकारी दिइन् । संस्थाले  बुहारी तथा इच्छुक सदस्यबाट मासिक एक सय रुपैयाँ बचत संकलन गरेर  बिभिन्न सामाजिक कार्य र समस्यामा परेका बुहारीहरुलाई सहयोग गर्दै आइरहेको उनले बताइन् ।

कार्यक्रमको सञ्चालन मेची–महाकाली बुहारी संयुक्त आवाज झापाकी उपाध्यक्ष गंगा भट्टराईले गरेकी थिइन् ।

मेची–महाकाली बुहारी संयुक्त आवाजले महिला तथा वालवालिकाहिंसा विरुद्धको हाम्रो अभियानकी परिकल्पनाकार यमुदिदीसंग साक्षात्कार कार्यक्रम अन्तर्गत झापाको बिर्तामोड, सुनसरीको इटहरी, सर्लाहीको लालवन्दी, गण्डकीको पोखरा, नेपालगञ्ज र मुगुको गमगढीमा विविध कार्यक्रम गरिने संस्थाकी केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेले बताइन् । उनले केन्द्रीय अध्यक्ष शर्माले व्यक्तिगत खर्चबाट मुगुको गमगढीका भिन्न प्रकृतिका वालवालिकालाई शैक्षिक सामग्री र वाढीपीडित ६८ घरपरिवारलाई सिरक वितरण गर्ने कार्यक्रम रहेको बताइन् ।