बिर्तामोड । प्रायः औपचारिक कार्यक्रममा अध्यक्षता, प्रमुख आतिथ्य, कार्यक्रम सन्चालन पुरुषहरु बाटै गरिन्छ । तर , झापाली साहित्य समाजले बिर्तामोडमा अध्यक्षता, प्रमुख आतिथ्य, कार्यक्रम सन्चालन नारीहरु बाटै  र मञ्चमा नारीहरु मात्र आसिन गराएर नारीप्रति सम्मान प्रकट गरेको छ । 

झापाली साहित्य समाजको आयोजना तथा साहित्य चौतारी झापाको प्रायोजनमा बिर्तामोडमा   ‘गजलमा नारी स्रष्टा’ कार्यक्रम सम्पन्न भएको गजल हो ।

संस्थाकी  उपाध्यक्ष संगीता कोइरालाको अध्यक्षता तथा  प्राज्ञ सभा सदस्य सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सचिव  विवेक निशानीले स्वागत गरेका थिए ।  विकास सिवाले औचित्यमाथी प्रकाश पारेको कार्यक्रम प्रमुख अतिथिले परम्परागत टुकी बालेर गरेकी थिइन् । 

 होटल हिकोला हेरिटेजको साहित्य चौतारीको सभाहलमा भएको कार्यक्रममा प्राज्ञ सभा सदस्य मुनाराज सेर्मा, वरिष्ठ गीतकार शिवशङ्कर थापा, साहित्यकारहरु  पुण्यप्रसाद खरेल, विवश वलिभद्र कोइरालालगायतले शुभकामना मन्तव्य राखेका थिए । 

 कार्यक्रममा झापा र मोरङका  गजलकारहरु कुमारी चेम्जोङ, चित्रा पौडेल, कल्पना आचार्य, लीला अनमोल, सुनीता तामाङ, सृष्टि सावित्रा , टीका भट्टराई नेपाल, सुष्मा चिमरिया, रश्मि असफल, प्रिति बस्नेत, सरु आचार्य तथा दीपा दाहाल गरी १२ जना गजलकारहरुले  दुई दुई वटा गजल सुनाएका थिए ।  

कार्यक्रममा झापाली साहित्य समाजका सल्लाहकार तथा झापाली स्रष्टा केशव आचार्यको जन्मदिन परेकाले कार्यक्रमका सहभागीले जन्मदिनको शुभकामना व्यक्त  गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि  चेलीले झापाली साहित्य समाजले  ‘गजलमा नारी स्रष्टा’ कार्यक्रम आयोजना गरेर गजलमा लाग्ने नवोदितदेखि अग्रज श्रष्ठालाई हौसला र प्रेरणा दिएको बताइन् । 

 कार्यक्रममा झापाली साहित्य समाजका सल्लाहकार तथा झापाली स्रष्टा केशव आचार्यले धन्यबाद मन्तव्य राख्दै  झापाली साहित्य समाजले  ‘गजलमा नारी स्रष्टा’ कार्यक्रम आयोजना गरेर गजल विधामा लाग्नेलाई थप हौसला थपेको बताए ।

 कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष  देवीभक्त श्रेष्ठ, साहित्य चौतारी झापाकी संरक्षिका तथा वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठ, स्रष्टा–साहित्यकारहरु शारदा आचार्य, गणेश निरौला, दिलबहादुर थापा,  प्राज्ञ पवन राजवंशी, तीर्थ सिग्देल, हरिनारायण भट्टराई, निहाङ किराँती, शिव रेग्मी प्रणत, शिशिर भट्टराई, राजेन्द्र कश्यप,  मिना अधिकारी, अभागी थेगुवा,  लक्ष्मी अच्युत ढुङ्गाना, एनवी दाहाल नवीन, रश्मिशेखर सुवेदी, घनेन्द्र ओझा, राधा कँडेल, तनुजा शर्मा, चुडामणि निरौला, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, डिएल प्रधान,लगायतको सहभागिता रहेको थियो ।

दिवंगत गजल श्रष्ठा प्रकट पंगेनी शिवको स्मृतिमा मौनधारण गरिएको कार्यक्रमको संचालन जिना अधिकारीले गरेकी थिइन् ।