बिर्तामोड ।  विश्व वित्तिय सप्ताह (ग्लोवल मनि विक २०२४) को अवसरमा सेन्ट्रल फाइनान्स लिमिटेड शाखा कार्यालय बिर्तामोडले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वित्तिय सप्ताह (ग्लोवल मनि विक २०२४) को अवसरमा किशोर तथा युवामा वित्तिय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्धेश्यले झापाको बिर्तामोडस्थित महेन्द्र रत्न माविका कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा अध्ययनरत् विद्यार्थीहरुलाई वित्तिय साक्षरता दिइएको सेन्ट्रल फाइनान्स लिमिटेड शाखा कार्यालय बिर्तामोडका शाखा प्रवन्धक प्रकाश फुँयलले जानकारी दिए ।

 हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिएको  विश्व वित्तिय सप्ताह (ग्लोवल मनि विक २०२४) को अवसरमा आफूहरुले पहिलो पटक वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको बताउँदै उनले यसले विद्यार्थीमा बचत गर्ने बानीको विकास गर्न मद्यत पुग्ने जनाए ।

सो कार्यक्रमबाट युवा अवस्था देखीनै पैसा बुद्धिमानीपूर्वक व्यवस्थापन गर्न सिक्न, यसले भविष्यको लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पु¥याउन मद्यत गर्ने उनको भनाइ छ । 

किशोररकिशोरी तथा युवारयुवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तिय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तिय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए  ।

 महेन्द्र रत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेन्ट्रल फाइनान्स लिमिटेड शाखा कार्यालय बिर्तामोडका शाखा प्रवन्धक प्रकाश फुँयल, रिलेसनसिप म्यानेजर सुजनप्रसाद ढकाल, अप्रेसन इञ्चार्ज रञ्जु आचार्य, कस्टुमर सर्भिस इञ्चार्ज विद्या अधिकारीलगायतले   स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरि पुँजी निर्माण गर्न सकिने, बचतको विकासले गर्दा दैनिक जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल कारोबारहरू तथा यसका अवसर र चुनौतीका विषयमा प्रस्तुतीकरण गरेका थिए । उनीहरुको प्रस्तुतिसंगै सम्वन्धित विषयको भिडियो प्रस्तुति र प्रश्नोत्तरसहितको हाजीरीजवाफले वित्तिय साक्षरता कार्यक्रमलाई रोचक बनाएको थियो । 

 कार्यक्रममा महेन्द्र रत्न माविका कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा अध्ययनरत् ६० जना विद्यार्थीहरुको सहभागिता रहेको  सेन्ट्रल फाइनान्स लिमिटेड शाखा कार्यालय बिर्तामोडका कर्मचारी मिसन प्रधानले जानकारी दिए । 

कार्यक्रममा सहभागी विद्यार्थीलाई सेन्ट्रल फाइनान्स लिमिटेड शाखा कार्यालय बिर्तामोडका शाखा प्रवन्धक प्रकाश फुँयल, महेन्द्र रत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेल, शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतले प्रमाण पत्र वितरण गरेका थिए भने हाजीरीजवाफका विजेता विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । 

 कार्यक्रममा बोल्दै महेन्द्र रत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेलले सेन्ट्रल फाइनान्स लिमिटेड शाखा कार्यालय बिर्तामोडले वित्तिय साक्षरता कार्यक्रम गरेर महेन्द्र रत्न माविका कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा अध्ययनरत् विद्यार्थीहरुले  बैंकिङ कारोबारको बारेमा थप जानकारी प्राप्त गर्न सकेको जनाए ।

कार्यक्रमको सञ्चालन सेन्ट्रल फाइनान्स लिमिटेड शाखा कार्यालय बिर्तामोडकी अप्रेसन इञ्चार्ज रञ्जु आचार्यले गरेकी थिइन् ।