विर्तामोड । झापाको बिर्तामोड –३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा जारी अर्ना छैठौं झापा गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबारको खेल फुटबलप्रेमी महिलाहरुले निःशुल्क  हेर्न पाउने भएका छन् ।

११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा समस्त आमा,दिदिबहिनीहरुप्रति सम्मान व्यक्त गर्दै फागुन २५ गते शुक्रबार हुने त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ एफसीको सेमीफाइनल खेल  निःशुल्क हेर्ने व्यवस्था मिलाइएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले  बताए ।

महिलाहरुलाई फुटवल खेलप्रती आकर्षित गराउन, नारी दिवसलाई उल्लासमय बनाउन र महिलाहरुप्रति सम्मान गर्दै महिलाहरुलाई निःशुल्क खेल हेर्ने अबसर प्रदान गरेको उनले बताए ।

११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सरकारले समेत सार्वजनिक विदा दिएकाले तनावमुक्त भएर समयमै उपस्थित भई खेल हेरेर मनोरञ्जन लिनुहुन सबै आमा,दिदिबहिनीहरुलाई उनले आग्रह गरेका छन् ।