बिर्तामोड ।  एपोलो पेन्टसले एक सय जनाभन्दा वढी पेन्टरलाई व्ल्याङकेटदेखि मोटरसाइकलसम्म उपहार प्रदान गरेको छ ।  बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी  एपोलो पेन्टस ‘लक्ष्य ५’ अन्तर्गत उक्त पुरस्कार वितरण गरेको हो।

पेन्टरहरुलाई रंगको बाल्टीमा भएको कुपनको प्वाइन्टका आधारमा  चारहजार देखि दुई लाख प्वाइन्ट जम्मा गर्ने एक सय जनाभन्दा वढी पेन्टरलाई व्ल्याङकेटदेखि मोटरसाइकलसम्म उपहार प्रदान गरेको एपोलो पेन्टसका कन्ट्री सेल्स एण्ड मार्केटिङ हेड रोशन पन्तले बताए।

कार्यक्रममा ४ जनालाई मोटरसाइकल, एक जनालाई इलेक्ट्रीक स्कुटर, ११ जनालाई साइकल, अन्यलाई एलइडी टेलिभिजन, फ्रिज, मिक्सर, मोवाइल, ल्यापटप , कुलर, वासिङ मेसिन, साउण्ड सिस्टम र व्ल्याङकेट उपहार वितरण गरेको उनले बताए ।

एपोलो पेन्टसका साविक मेचीका लागि आधिकारिक बिक्रेता तथा सुपर डिलर  एपोलो कलर हाउस बिर्तामोडका प्रवन्धक डिल्लीराम कोइरालाको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एपोलो पेन्टसका साविक मेचीका डिलर सिमा ट्रेड एण्ड सप्लायर्सका प्रवन्धक प्रज्जवल अधिकारीले स्वागत गरेका थिए । 

 रबिचन्द्र हार्डवेयर धुलाबारीका सञ्चालक केपी शिवाकोटीले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा युवा व्यवसायी तथा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय सदस्य मदन अधिकारी, द एपोलो कलर हाउस दमकका सञ्चालक रोम नेपाललगायतले एपोलो पेन्टस गाहकको रोजाईको रङ भएको बताएका थिए ।

कार्यक्रममा एपोलो पेन्टसका कन्ट्री सेल्स एण्ड मार्केटिङ हेड रोशन पन्तले एपोलो पेन्टसले २०६१ सालदेखि  नेपाली उपभोक्ताको माग बमोजिम अन्तराष्ट्रिय गुणस्तरको उच्चकोटीका रङ उत्पादन तथा बिक्री गर्दै आइरहेको बताए । 

एपोलो पेन्टसका साविक मेचीका लागि आधिकारिक बिक्रेता तथा सुपर डिलर एपोलो कलर हाउस बिर्तामोडका प्रवन्धक तथा बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित सदस्य  डिल्लीराम कोइरालाको केक काटेरजन्मदिन समेत मनाइएको कार्यक्रमको सञ्चालन एपोलो पेन्टसका कर्मचारी विशाल उपाध्यायले गरेका थिए ।