बिर्तामोड । साहित्य चौतारी झापाले  नववर्ष २०८१ सालको शुभकामना आदानप्रदानसहित मासिक सांगीतिक काव्य सभा र पाँच जना अग्रज श्रष्टालाई अभिनन्दन र सम्मान  गरेको छ ।  

साहित्य चौतारी झापाको रजत वर्ष महाअभियान अन्तर्गत चैत्र महिनाको मासिक सांगितिक काब्यसभामा  पाँच जना अग्रज श्रष्टालाई  अभिनन्दन र सम्मान  गर्नुका साथै  नेपाली  साँगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउने अमर सर्जक मदन दिपविमको स्मृतिमा श्रद्धासुमन अर्पणसहित उनका सृजना  प्रस्तुत गरिएको हो । 

 साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा  प्रा.डा.गंगाप्रसाद अधिकारीकोे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  साहित्य चौतारी झापाका उपाध्यक्ष  तथा कार्यक्रम संयोजक हिम्मत नेम्वाङले स्वागत गरेका थिए  ।

 साहित्य चौतारीका तत्कालिन सचिव स्व. डिकमान विरहीको शव्द रहेको स्वागत गीत साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठसहितका कलाकारले प्रस्तुत गरेको  कार्यक्रममा संस्थापक संरक्षक तथा अध्यक्ष श्रेष्ठका दिवंगत मातापिता स्व.भीमबहादुर श्रेष्ठ, स्व. पञ्चकुमारी श्रेष्ठ , स्व. धनमाया बिमली र स्व. जगन्नाथ विमली तथा संस्था स्थापनादेखि हालसम्मका दिवंगत श्रष्टाहरुको स्मृतिमा मौनधारण गरिएको थियो ।

 कार्यक्रमको औचित्यमाथी साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले प्रकाश पार्दै  संस्थाको स्थापनाकालदेखि संस्थासंग जोडिएर उल्लेखनीय योगदान गर्ने अग्रज  श्रष्टाहरुलाई अभिनन्दन र सम्मान गर्न पाउँदा संस्था आफैं अभिनन्दीत भएको बताउँदै उहाँहरुको आशिर्वाद संधै प्राप्त गरिरहने र अग्रजको आर्शिवादले साहित्य चौतारी जिवन्त रहने बताए । 

कार्यक्रममा साहित्य चौतारीका तत्कालिन सचिव स्व. डिकमान विरहीको शव्द र  साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको संगीत र स्वर रहेको स्वागत गीतको विमोचन गरिएको थियो ।  

कार्यक्रममा अग्रज श्रष्टा तथा साहित्य चौतारी झापाका २०७५ सालको कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ जीवननाथ पोखरेल पन्छी, साहित्य चौतारी झापाका सस्थापक सदस्य तथा सल्लाहकार शिरो सान्दाइ खतिवडालाई अभिनन्दन गरिएको थियो  भने वरिष्ठ साहित्यकार विरही अधिकारी, विन्दु दाहाल मुकदर्शक ,  साहित्य चौतारी झापाकी पूर्व उपाध्यक्ष तथा साहित्य चौतारी झापाले स्थापना गरेको गुरुकुल संगीत विद्यालयकी सञ्चालिका कमला नेम्वाङलाई सम्मान गरिएको थियो ।  

उनीहरुलाई साहित्य चौतारी झापाका पूर्व अध्यक्ष केशव आचार्य, सल्लाहकार हरिनारायण भट्टराई, भवानी क्षेत्री, सदस्य चित्रा कोइरालालगायतले बाचन गरेको अभिनन्दन पत्र,र सम्मान पत्र , माला, खादा अर्पण गरिएको थियो ।

कार्यक्रममा  नेपाली  साँगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउने अमर सर्जक मदन दिपविमको स्मृतिमा श्रद्धा सुमन अर्पणसहित उनको संगीत रहेको भजन साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले प्रस्तुत गरेका थिए । श्रेष्ठले आफूलाई रेडियो नेपालमा स्वर परिक्षामा उत्तिर्ण गराई पहिलो भजन रेर्कड गराउन स्व. दिपविमको ठूलो हात रहेको बताए ।  \

साहित्यकार मोक्ष खतिवडा, भुषण हुमागाईं,  प्रमोद दाहाल, इलामे जेठो, प्रकाश गौतम, चित्रा पौड्याल लगायतले कविता वाचन गरेको कार्यक्रममा रेशिका खड्काले नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा स्मयन वजगाईं, विज्ञान डाँगी, रक्षा तिम्सिना, रोहिका तिम्सिना, अर्पण सिटौलालगायतले गीत प्रस्तुत गरेका थिए भने  आर्ट स्टुडियो महिला नौमती बाजा समूहले नौमती बाजा  बजाएर सबैको मन जितेका थिए । 

कार्यक्रममा अभिनन्दीत व्यक्तित्वको तर्फबाट अग्रज श्रष्टा तथा साहित्य चौतारी झापाका २०७५ सालको कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ जीवननाथ पोखरेल पन्छी, साहित्य चौतारी झापाका सस्थापक सदस्य तथा सल्लाहकार शिरो सान्दाइ खतिवडाले साहित्य चौतारी झापाले आफूहरुलाई अभिनन्दन गरेकोमा खुशी व्यक्त गर्दै यसले आफूहरुलाई अझ जिम्मेवार बनाएको बताए । 

त्यस्तै सम्मानित व्यक्तित्वको तर्फबाट साहित्य चौतारी झापाकी पूर्व उपाध्यक्ष तथा साहित्य चौतारी झापाले स्थापना गरेको गुरुकुल संगीत विद्यालयकी सञ्चालिका कमला नेम्वाङले आफूलाई सम्मानित गरेकोमा गौरवान्दित भएको बताइन् । उनले आफूभित्रको प्रतिभालाई साहित्य चौतारीले उजागर गरेर यो अवस्थासम्म पुर्याएको बताउँदै साहित्य चौतारी आफ्नो जीवनको अभिन्न अंग भएको जनाइन् । 

कार्यक्रममा प्रमुख अतिथि  साहित्यकार तथा समालोचक प्रा.डा. गंगाप्रसाद अधिकारीले साहित्य चौतारीले साहित्य,कला ,संगीतका क्षेत्रमा योगदान गरेका अग्रज  श्रष्टा ,सर्जकहरुलाई अभिनन्दन तथा सम्मान गरेकोमा खुशी व्यक्त गर्दै साहित्य,कला ,संगीत ,भाषा, संस्कृति , परम्पराको संरक्षण र प्रवद्धृनमा साहित्य चौतारीको योगदान अतुलनीय रहेको बताए । 

सोही कार्यक्रममा साहित्य चौतारी झापाका सहसंरक्षक तथा सचिव गौरव श्रेष्ठले साहित्य चौतारी झापाले प्रत्येक वर्ष तिहारको गोवद्र्धन पूजाका दिन खेलिँदै आएको दक्षिणारहित सडक देउसीलाई भिडियो मार्फत प्रस्तुत गरेका थिए । उनले साहित्य चौतारीले गरेको विविध कार्यलाई भिडियो मार्फत प्रस्तुत गरी जनमानसमा साहित्य चौतारीले  साहित्य,कला ,संगीत ,भाषा, संस्कृति , परम्पराको संरक्षण र प्रवद्धृनमा गरेको योगदान बारे बुझाइने बताए । 

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठ, साहित्य चौतारी झापाका उपाध्यक्ष शान्ता पौडेल (संगीत), कोषाध्यक्ष भवानीप्रसाद गौतम ,  सहकोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ,सदस्यहरु मनिषा भट्टराई, गोमा विमली, सुनिता तामाङ, धनकुमारी दमाई, चित्रा पौड्याल ,सल्लाहकार समितिका संयोजक राजेन्द्र संग्रौला, सदस्यहरु अनिरुद्र ओली, भवानी क्षेत्री , लोकनाथ पौड्याल, साहित्य चौतारी झापाका प्रेस सल्लाहकार तुलसीप्रसाद निरौला, साहित्यकार डा. खगेन्द्रप्रसाद दाहाल, एनवी दाहाल , मिना अधिकारी,सहित  नवप्रतिभा श्रष्टाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन  संस्थाका महासचिव भानुभक्त कुभिण्डेलीले गरेका थिए ।