बिर्तामोड । झापाको बिर्तामोडमा सक्सेस पाथ एजुकेशन कन्सलटेन्सी सञ्चालनमा आएको छ । उच्च शिक्षा अध्ययनका लागी विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै बिर्तामोड कृषिथोक रोडको चम्लगाईं कम्प्लेक्समा सक्सेस पाथ एजुकेशन कन्सलटेन्सी सञ्चालनमा आएको हो ।
झापाका चार जना युवा अस्विन देउजा, हेमन्त पाण्डे, सृजन अधिकारी र प्रविन खरेलले बिर्तामोडमा सक्सेस पाथ एजुकेशन कन्सलटेन्सीको शाखा सञ्चालनमा ल्याएका हुन् ।
उच्च शिक्षा अध्ययनका लागी अष्ट्रेलिया, अमेरिका, जापान, युके, दक्षिण कोरिया, फ्रान्स, न्यूजिल्याण्ड, क्यानडा लगायतका देशमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिन बिर्तामोडमा सक्सेस पाथ एजुकेशन कन्सल्टेन्सीको शाखा सञ्चालनमा ल्याएको शाखा सञ्चालक मध्येका अस्विन देउजाले जानकारी दिए ।
उनले पछिल्लो समय झापासहित पूर्वबाट उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थी बढीरहेकाले त्यस्ता बिद्यार्थीलाई सही परामर्श दिन र उनीहरुले रोजेको देशमा उच्च शिक्षा अध्ययन गर्न पठाउन बिर्तामोडमा सक्सेस पाथ एजुकेशन कन्सल्टेन्सीको शाखा सञ्चालनमा ल्याएको बताए ।
यसैबीच मंगलबारबाट बिर्तामोडमा सक्सेस पाथ एजुकेशन कन्सलटेन्सीको शाखा सञ्चालनमा ल्याइएको छ ।
सक्सेस पाथ एजुकेशन कन्सल्टेन्सीको एक्जुकेटीभ डाइरेक्टर दिनेश बस्नेतको अध्यक्षता तथा एमिटी एजुशेन फाउण्डेशनका प्रिन्सिपल आरएस ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कन्सल्टेन्सीका सिनियर काउन्सिलर सृजन अधिकारीले स्वागत गरेका थिए ।
कार्यक्रममा कन्सल्टेन्सीको उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले आफ्ना विद्यार्थीले बिर्तामोडमा सक्सेस पाथ एजुकेशन कन्सलटेन्सीको शाखा सञ्चालनमा ल्याएकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए । उनले यस कन्सल्टेन्सीबाट उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीको अभिभावक बनेर उनीहरुलाई सहयोग गर्न सुझाव दिए ।
कार्यक्रममा सक्सेस पाथ एजुकेशन कन्सलटेन्सीकी म्यानेजिङ डाइरेक्टर दीया भण्डारीले २०७३ सालदेखि काठमाडौंको नयाँ बानेश्वरमा सक्सेस पाथ एजुकेशन कन्सलटेन्सीको मुख्य कार्यालय सञ्चालन गर्दै आएको बताउँदै विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई सहजताका साथ सेवा प्रदान गर्ने उद्देश्यले बिर्तामोडमा सक्सेस पाथ एजुकेशन कन्सलटेन्सीको शाखा सञ्चालन गरेको जनाइन् ।
सक्सेस पाथ एजुकेशन कन्सल्टेन्सीको एक्जुकेटीभ डाइरेक्टर दिनेश बस्नेतले उच्च शिक्षा अध्ययन गर्न धेरै विद्यार्थीहरु नबुझी विदेश जाने गरेकाले समस्या हुने गरेको बताउँदै आफूहरुले उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीसहित उनीहरुका अभिभावकलाई समेत शैक्षिक परामर्श दिइने जनाए ।
सक्सेस पाथ एजुकेशन कन्सल्टेन्सी मार्फत उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरुलाई विदेश जानुपूर्व विभिन्न किसिमका सिप सिकेर जान सल्लाह दिइने , उनीहरुले जान चाहेको देश, पढ्न चाहेको विषय, शिक्षण शुल्क ,त्यहाँको रहनसहन, वातावरण , भाषा लगायतका बिषयमा समेत परामर्श दिइने उनले बताए ।
उनले आफूहरुले उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई विदेशमा पर्ने समस्याहरुको समाधान गर्ने प्रतिवद्धता समेत जनाए ।
सक्सेस पाथ एजुकेशन कन्सल्टेन्सीका बिर्तामोड शाखा प्रवन्ध निर्देशक हेमन्त पाण्डेले उच्च शिक्षा अध्ययनका लागी अष्ट्रेलिया, अमेरिका, जापान, युके, दक्षिण कोरिया, फ्रान्स, न्यूजिल्याण्ड, क्यानडा लगायतका देशमा जान चाहने विद्यार्थीलाई बिर्तामोड शाखाबाट शैक्षिक परामर्श दिइने बताए ।
उनले आफूहरु पनि उच्च शिक्षा अध्ययनका क्रममा विभिन्न देशहरु गएर आएकाले ती देशको बारेमा धेरै ज्ञान हासिल गरेकाले विद्यार्थीहरुलाई उचित शैक्षिक परामर्श प्रदान गर्ने बताउँदै उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीहरुलाई ढुक्क भएर सक्सेस पाथ एजुकेशन कन्सल्टेन्सीका बिर्तामोड शाखाबाट शैक्षिक परामर्श लिन आग्रह गरे । उनले बिर्तामोड शाखाबाट एक जना विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागी अमेरिकाको भिसा प्राप्त गरेको जानकारी दिए ।
कार्यक्रममा अमेरिकामा उच्च शिक्षा अध्ययन गरी हालै नेपाल फर्किएका पवन वस्नेतले आफू सक्सेस पाथ एजुकेशन कन्सल्टेन्सीबाट शैक्षिक परामर्श लिएर अमेरिका गएको र उचित शैक्षिक परामर्श पाएकाले अमेरिकामा उच्च शिक्षासहित रोजगारको समेत अवसर मिलेको बताए ।
कार्यक्रमको सञ्चालन सक्सेस पाथ एजुकेशन कन्सल्टेन्सीका बिर्तामोड शाखा प्रवन्ध निर्देशक हेमन्त पाण्डेले गरेको अर्का सञ्चालक प्रविन खरेलले जानकारी दिए ।