बिर्तामोड । पाँचथर मिक्लाजुङ गाउँपालिका –३ का मिसेक फियाक बिहीबार औधी खुशी देखिए । उनी खुशी हुनुको कारण थियो उनले मोटरसाइकल उपहार प्राप्त गर्नु ।

आफ्नो खेती गर्न महिन्द्रा कम्पनिको झापाका लागि आधिकारीक बिक्रेता बिर्तामोडको सकुसल ट्रेडलिङमार्फत गत दशैंपछि महिन्द्रा कम्पनिको ट्रयाक्टर खरिद गरेका फियाक महिन्द्रा उत्सवअन्तर्गत ट्रयाक्टर खरिद गरेका उनीजस्तै ग्राहकहरुबीच गरेको  लक्की ड्रमार्फत मोटरसाइकल  उपहार प्राप्त गर्दा खुशीले गद्गद् भएका थिए ।

बिर्तामोडमा भेटिएका  उनले भने – बिर्तामोडको सकुशल ट्रेडलिंकबाट महिन्द्रा कम्पनिको ट्रयाक्टर किनेर पाँचथर लगें , खेतमा काम गर्दागर्दै कम्पनिको सरले तपाईंलाई मोटरसाइकल उपहार पर्यो भन्दा मलाई पत्याउनै गाहे भयो । म ज्यादै खुशी छु, महेन्द्रा कम्पनि, सकुशल ट्रेडलिंकका सरहरुलाई धन्यबाद दिन्छु , अब मोृटरसाइकल चढेर मिक्लाजुङ जान्छु । 

नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि ग्रुपले विश्वकर्मा पूजा, दसैँ, तिहार र छठ पूजालाई लक्षित  गरी ‘महिन्द्रा उत्सव २०२३’ विशेष योजना लागु गरेको र जस अन्तर्गतका भाग्यशाली विजेता फियाकलाई बम्पर पुरस्कार अन्तर्गत जावा –फोर्टी टु मोटरसाइकल प्रदान गरिएको अग्नि ग्रुपका उपनिर्देशक बरदान बस्नेतले बताए । यस अघि उक्त योजना अन्र्तगत बम्पर पुरस्कार वीरगन्ज निवासी आदेश कुँवरलाई महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारी, दोलखा चरिकोटका देवकोटा निर्माण सेवा प्रालीलाई पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर प्रदान गरिएको उनले बताए । 

बिर्तामोडको सिद्धार्थ ग्राण्डसिटी होटलमा भएको कार्यक्रममा महिन्द्रा एन्ड महिन्द्रा इन्डियाबाट नेपालका लागि कन्ट्री म्यानेजर रक्क्षित राय, अग्नि ग्रुपका उपनिर्देशक बरदान बस्नेत, अग्नि ग्रुपका उपमहाप्रवन्धक प्रत्युस श्रेष्ठ,  सकुशल ट्रेडलिंकका म्यानेजिङ डाइरेक्टर टुकेन्द्रराज अधिकारी, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, निवर्तमान अध्यक्ष प्रकाश शिवाकोटीलगायतले  फियाकलाई ८ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको जावा –फोर्टी टु मोटरसाइकल उपहार प्रदान गरेका थिए ।

कार्यक्रममा महिन्द्रा कम्पनिको झापाका लागि आधिकारीक बिक्रेता बिर्तामोडको सकुसल ट्रेडलिङबाट ट्रयाक्टर खरिद गरी भाग्यशाली बिजेता बनेका फियाकलाई सकुशल ट्रेडलिंकका म्यानेजिङ डाइरेक्टर टुकेन्द्रराज अधिकारीले बधाई दिएका थिए भने अग्नि ग्रुपका कोशी प्रदेश हेड प्रभासमान शाक्यले  ‘महिन्द्रा उत्सव २०२३’ का बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा महिन्द्रा कम्पनिको ५ वटा  ट्रयाक्टर खरिद गरेका ग्राहक धुलाबारीका पूर्णबहादुर कटुवालले महिन्द्रा कम्पनिको ट्रयाक्टर खेतीका लागी उपयोगी भएको बताए ।

अग्नि ग्रुपका उपमहाप्रवन्धक प्रत्युस श्रेष्ठले जावा –फोर्टी टु मोटरसाइकलको बारेमा जानकारी गराएको कार्यक्रममा  महिन्द्रा एन्ड महिन्द्रा इन्डियाबाट नेपालका लागि कन्ट्री म्यानेजर रक्क्षित रायले किसानको रोजाईमा  महिन्द्रा कम्पनिको ट्रयाक्टर भएको बताउँदै हालसम्म ४० लाखभन्दा वढीले महिन्द्रा कम्पनिको ट्रयाक्टर खरिद गरेको जनाए । उनले महिन्द्रा एन्ड महिन्द्रा इन्डियाका प्रमुखको भिडियो सन्देश सुनाएका थिए ।

ग्राहकहरुलाई विभिन्न प्रश्नहरु सोधेर उपहार प्रदान गरिएको कार्यक्रमको सञ्चालन सन्तोषीले गरेको सकुसल ट्रेडलिङका प्रजित पुरीले जानकारी दिए ।