बिर्तामोड । वाइण्ड स्टेपर्स डान्स स्टुडियो बिर्तामोडले नृत्य प्रतियोगिता गरी ११ औं वार्षिकोत्सव मनाएको छ ।

नृत्य प्रतियोगितामा वाइण्ड स्टेपर्स डान्स स्टुडियो बिर्तामोडका ५० जना विद्यार्थीले  नृत्य गरेका थिए । प्रतियोगितामा प्रथम इभा श्रेष्ठ, द्वितिय प्रितिसा ढुंगाना, तृतिय इरस्मी पौडेल भएका थिए ।

प्रतियोगिताको निर्णायकमा नृत्य प्रशिक्षक अभिषेक कोईराला रहेका थिए । त्यस्तै वर्ष उत्कृष्ट विद्यार्थी विदिसा क्षेत्री घोषित भएकी थिइन् ।  प्रतियोगिताका विजेता इभा श्रेष्ठले नगद पाँच हजार र वर्ष उत्कृष्ट विद्यार्थी विदिसा क्षेत्रीले नगद पाँच हजार पुरस्कार प्राप्त गरेका थिए ।

उनीहरुलाई वाइण्ड स्टेपर्स डान्स स्टुडियो बिर्तामोडका सञ्चालक अजय चौधरीले नगद , ट्रफि र सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।