बिर्तामोड ।  झापाको बिर्तामोड –५, कृष्ण हल रोडमा सञ्चालित फायरउड वेकर्स क्याफेले ह्वाइट ब्रेड र ब्राउन ब्रेड उत्पादन गरी बजारमा ल्याएको छ । 

बिर्तामोड –१ का सिर्जन ढकाल र एलिना रिजाल (ढकाल)ले २०७७ साल कात्तिक १ गतेदेखि सञ्चालनमा ल्याएको फायरउड वेकर्स क्याफेले उपभोक्ताको मागलाई ध्यानमा राखेर बुधबारबाट  ह्वाइट ब्रेड र ब्राउन ब्रेड उत्पादन गरी बजारमा ल्याएको हो ।

फायरउड वेकर्स क्याफे मा १५ लाख रुपैंयाँको लागतमा ओभनसहितको  व्यवस्थित किचन तयार गरी  ह्वाइट ब्रेड र ब्राउन ब्रेड उत्पादन गरी बजारमा ल्याएको सञ्चालक सिर्जन ढकालले बताए ।

फायरउड वेकर्स क्याफेमा आउने कफिका पारखीले विश्वका जुनसुकै मुलुकमा पाइने कफीको स्वाद लिँदै आइरहेकोमा अबदेखि ह्वाइट ब्रेड र ब्राउन ब्रेडको स्वाद पनि लिने उनले बताए ।

ढकालकी श्रीमती एलिना रिजाल (ढकाल)ले बेलायतको मान्यता प्राप्त ब्रिटिस कफी स्कुलबाट तालिम लिएर इंग्ल्याण्डमा लामो समयसम्म कफी हाउसमै काम गरेको अनुभवलाई ब्यवहारमा उर्तादै फायरउड वेकर्स क्याफे सञ्चालनमा ल्याएको र अब त्यही क्याफेबाट ह्वाइट ब्रेड र ब्राउन ब्रेड उत्पादन गरी बजारमा ल्याएको बताइन् ।

क्याफेमा कफि खान आउने ग्राहकले कफिसंगै खाजा पनि अर्डर गर्ने गरेकाले उनीहरुलाई स्वस्थवर्धक खाजाको रुपमा ह्वाइट ब्रेड र ब्राउन ब्रेड उपलव्ध गराउने उनले बताइन् ।

खाजाको रुपमा अन्य खानेकुरा खानुभन्दा ब्रेड खानु लाभदायी हुने चिकित्सकले समेत बताएको जनाउँदै उनले एउटा सामान्य ब्रेडमा करिब एक सय ५० भन्दा बढी क्यालोरी पाइने भएकाले र यसले भोक शान्त पार्नुको साथै शरिरलाई पनि फाइदा गर्ने भएकाले ब्रेड खान सबैलाई आग्रह गरिन् ।

आफ्नै मेसिनबाट उत्पादन गरी ,ल्याबटेष्ट गरी खानयोग्य पारेर बजारमा ल्याएको ह्वाइट ब्रेड र ब्राउन ब्रेड चिप्स, बर्गर या कोल्ड ड्रिंक्स  भन्दा धेरै स्वास्थ्यकर रहेको भएकाले चाहे बिहानको नास्ताको रुपमा होस् या दिउँसो खाजाको रुपमा ह्वाइट ब्रेड र ब्राउन ब्रेड समावेश गर्न सकिने उनको भनाई छ । 

आँटाको र मैदाको पीठोबाट बनेको ब्रेडमा फाइबर र शरीरका लागि आवश्यक अन्य धेरै तत्त्वहरू हुने भएकाले यसले शरीरलाई काम गर्ने शक्ति प्रदान गर्ने भएकाले ब्रेड खानु लाभदायी हुने उनको भनाई छ।

ह्वाइट ब्रेडको बजार मूल्य ६० रुपैयाँ र ब्राउन ब्रेडको बजार मूल्य ८० रुपैयाँ प्रति प्यागेट बनाएको बताउँदै डिर्पाटमेन्टल स्टोर्स, किराना पसल, क्यान्टिनलगायतमा पनि  ह्वाइट ब्रेड र ब्राउन ब्रेड उपलव्ध गराउने उनले बताइन् ।  

आफूहरु दुवै जनाले विदेशमा कफी सम्वन्धि तालिम लिएर विर्तामोडमा फायरउड वेकर्स क्याफे सञ्चालनमा ल्याएको बताउँदै उनले क्याफेबाट सीप सिकेर विदेश जान चाहनेहरुका लागी आफूहरुले बारिष्टा तालिम समेत उपलव्ध गराउने जानकारी दिइन् । 

फायरउड वेकर्स क्याफेमा सहभागी  विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने , बीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाललगायतले  फायरउड वेकर्स क्याफेले उत्पादन गरेका ह्वाइट ब्रेड र ब्राउन ब्रेड स्वस्थवर्धक रहेको बताए ।

 फायरउड वेकर्स क्याफेमा  ह्वाइट ब्रेड र ब्राउन ब्रेड ,  कफी , आइसक्रिम , मिल्कसेक , पेष्ट्रिज (मफिन) ,प्याटीज  डुनोट , आइसकफी , पिज्जा , वर्गर , सेण्डवीच ,जुस ,वर्थ डे केक , लगायतका सामाग्री ग्राहकलाई उपलव्ध गराइरहेको  सञ्चालक सिर्जन ढकालले बताए ।

झापाका अग्रज पत्रकार स्व.मदन ढकाल र सावित्रा ढकालका छोरा वुहारी सिर्जन र एलिनाले गरेको कार्यले लाखौं रकम खर्च र श्रम खर्चेर विदेश जाने सोच बनाउने युवालाई स्वदेशमै त्यही रकम र श्रम खर्च गरी स्वदेशमै सुन फलाउन सकिने प्रेरणा दिएको छ ।