बिर्तामोड । झापाको बिर्तामोडमा सुविधासम्पन्न  आँखा अस्पताल सञ्चालनमा आएको छ । बिर्तामोड १  हनुमान नगर चौक बिर्तासिटी हस्पिटलको दक्षिण  सुविधासम्पन्न आँखा अस्पताल स्थापना गरेर सञ्चालनमा ल्याइएको हो ।      विगत लामोसमयदेखि दृष्टि विशेषज्ञको रुपमा कार्यरत दृष्टि विशेषज्ञहरुको क्रियाशीलतामा मेची एडभान्स आई एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रालि सञ्चालनमा आएको हस्पिटलकी मेडिकल डाइरेक्टर डा. प्रभा सुवेदी वस्नेतले बताइन् । 

   आफूले बिगत साढे १४ बर्षदेखि मेची ऑखा अस्पताल सैनिकमोड बिर्तामोडमा कार्यरत रही १२ बर्ष मेची ऑखा अस्पताल सैनिकमोड बिर्तामोडको डेपुटी मेडिकल डाइरेक्टर र साढे दुई बर्ष सिनियर कन्सल्टेन्स भएर ७० हजार भन्दा बढीको आँखाको मोतियाबिन्दू र जलबिन्दूको सफल शल्यक्रिया गरिसकेको उनले बताइन् ।
आँखाका बिरामीलाई सहज उपचार सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हस्पिटलमा  नेत्ररोग विशेषज्ञ टोलीद्वारा आँखाका सम्पूर्ण उपचार सेवा प्रदान गरिने उनले बताइन् ।

मेची एडभान्स आई एण्ड मल्टीस्पेसियालिटी हस्पिटलले  आँखा सम्बन्धी सबै जाँच र शल्यक्रियाको सुविधा उपलब्ध गराउने बताउँदै उनले  मोतियाविन्दु, जलविन्दूको अत्याधुनिक प्रविधिद्वारा शल्यक्रिया, आँखाको नानी प्रत्यारोपण, रेटिना पर्दाको शल्यक्रियाका साथै डेढो आँखालाई सिधा , आँखाबाट पिप बगिरहने, मासु पलाएको उपचार जस्ता सेवा उपलब्ध गराउने , आँखाको जनरल ओपिडी, जनरल उपचार, सामान्य अप्रेसन, चस्मा बनाउने लगायतको सेवा दिइने जनाइन् ।

 हस्पिटलबाट कन्ट्याक्ट लेन्स, न्यून दृष्टि पुनःस्थापना, डाइग्नोस्टिक  समेत सेवा प्रदान गरिने उनले बताईन्।
आँखा रोगका सबै उपचार यहीँबाट गर्न सकिने बताउँदै उनले  आँखा उपचार गर्न चाहिने अत्याधुनिक उपकरण, अप्टीकल ल्याब उपलब्ध रहेकाले ढुक्क भएर आँखा उपचार गर्न हस्पिटल आउन आग्रह गरिन् ।     मेची एडभान्स आई एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रालिले छाला सम्बन्धी सेवा तथा मानसिक परामर्श सेवा समेत प्रदान गरिने सिनियर कन्सल्टेन्स अफ्थोमेट्रिक्स तथा अर्थोकेराटोलोजिस्ट अमितकुमार सिंहले बताए ।

मेची एडभान्स आई एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रालिले दशैं तिहार छठको अवसरमा ओपिडी निःशुल्क गरिएको उनले बताए। 

हालै सञ्चालनमा आएको मेची एडभान्स आई एण्ड मल्टीस्पेसियालिटी हस्पिटलमा आँखा उपचारका लागी आएका सेवाग्राहीहरुले हस्पिटलको सेवाबाट आफूहरू सन्तुष्ट रहेको बताएका छन्।