बिर्तामोड / रंगहरुको पर्व होली अर्थात फागु पर्वको अवसरमा राइजिङ फिटनेस स्टुडियो बिर्तामोडले शुभकामना आदानप्रदान गरेको छ ।

राइजिङ फिटनेस स्टुडियोमा आवद्ध संचालक र सदस्य तथा प्रशिक्षार्थीहरुको सहभागितामा केक काट्दै एकआपसमा रङ दलेर होली मनाउँदै शुभकामना आदानप्रदान गरेका थिए ।

राइजिङ फिटनेस स्टुडियोकी सञ्चालक निशा पोमु लिम्बुले नेपालीका मौलिक चाडपर्वहरु राइजिङ फिटनेस स्टुडियोले मनाउँदै आइरहेको र यसैक्रममा संचालक र सदस्य तथा प्रशिक्षार्थीहरुको सहभागितामा होली मनाइएको बताइन् ।

आफूले बिगत ५ वर्षदेखि राइजिङ फिटनेस स्टुडियो बिर्तामोड सञ्चालन गर्दै आइरहेको र यहाँ कुनै सामग्रीको प्रयोग नगरी शारीरिक कसरत गर्न सिकाइने उनले बताइन् । राइजिङ फिटनेस स्टुडियोमा सवै उमेर समूहका महिलाले प्रशिक्षण लिइरहेको सल्लाहकार सुभला तामाङले जानकारी दिइन् ।

दैनिक ३ सिफ्टमा संचालन हुने फिटनेस स्टुडियोमा अहिले ८० जना भन्दा बढी सदस्यहरु शरीरिक कसरतका लागि आउने गरेको उनले बताइन् ।

राइजिङ फिटनेस स्टुडियोमा शारीरिक कसरतका बिभिन्न विधिहरुसंगै जुम्बा डान्स भइरहेको उनले बताइन् ।

त्यहाँ भेटीएकी बिर्तामोड ४ की ५४ बर्षिया अनिता ओलि सिलवालले आफु निरन्तर २ बर्षदेखि राइजिङ फिटनेस स्टुडियो आइरहेको बताउँदै २ बर्ष अघि आउँदा आफ्नो तौल ७७ केजि भएको र अहिले लगातारको फिटनेसले शरिरको तौल घटेर ५४ केजि भएको अनुभव सुनाइन् ।