बिर्तामोड। झापा मेचीनगर -१० धुलाबारी चाँदनी चौकमा राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमाको अनावरण गरिने भएको छ।
राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान मेचिनगर-१० झापाले चाँदनी चौकमा निर्माण गरेको राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमाको अनावरण गरिने भएको राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष दिनेश शाक्यले बताए।
  राष्ट्रिय विभूति शंखधर साख्वाले जनताको ऋण मोचन गरेको खुशीयालीमा स्थापना भएको नेपाल सम्बत् ११४७ को शुभअवसरमा कात्तिक २४ गते मंगलबार राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमाको अनावरण गरिने राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष दिनेश शाक्यले बताए।
   धुलाबारीका प्रतिष्ठित नेवार समुदाय भक्तमान शाक्यको परिवारले दिएको जग्गामा मेचिनगर नगरपालिका, कोशी प्रदेश सरकार लगायतको लागत सहभागितामा प्रतिमा निर्माण गरिएको उनले बताए।
   धुलाबारीको चाँदनी चोकमा आकर्षक तथा परम्परागत शैलीमा प्रतिमा निर्माण गरिएको बताउँदै अध्यक्ष शाक्यले भक्तपुरे शैलीमा राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा राख्ने स्थलको समेत निर्माण गरिएको जनाए।
  धुलाबारीको चाँदनी चोकमा मौलिक तथा परम्परागत शैलीमा राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा निर्माण गरिएको बताउँदै अध्यक्ष शाक्यले एउटै ढुंगालाई कुँदेर बनाइएको शंखधर साख्वाको प्रतिमा निर्माण गर्न  करीब २० लाख रकम खर्च भएको जनाए ।
   राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा निर्माणका लागि आफ्नो परिवारका दाजुभाइसँग सल्लाह गरेर निजी जग्गा उपलब्ध गराएको बताउँदै अध्यक्ष शाक्यले भने ‘हाम्रा बुबा भक्तमान शाक्यले नेवारी परम्परा र संस्कृतिको संरक्षणका लागि ठूलो संघर्ष गर्नुभएको थियो। बुबाकै प्रेरणाबाट हामी पनि संस्कार र संस्कृति संरक्षणको अभियानमा जुटेर बुबाले देखाएको बाटोमा निरन्तर लाग्दै आफ्नै जग्गामा राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा निर्माण गर्न पाउँदा खुसी लागेको छ।’
  राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानका सचिव मिलनराज प्रसाईंले धुलाबारी चोकबाट बिभिन्न जातजातिको झाँकीसहित शोभायात्रा गरी चाँदनी चौकमा  राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा अनावरण गरिने र प्रतिमाको अनावरण मेचीनगर नगरपालिकाका  नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गर्ने
जानकारी दिए।
  राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानका उपाध्यक्ष शंकरबहादुर बस्नेत, कोषाध्यक्ष ऋतु प्रधान श्रेष्ठ, सहसचिव धर्मेन्द्र खड्का, सदस्यहरू शंकर श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, हिरा बास्तोला, खेमराज प्रसाईँ, बुद्धिबहादुर श्रेष्ठ, सल्लाहकार ध्रुव कनाल, नरेन्द्र खड्कालगायतले मेचीनगरको धुलाबारी चाँदनी चौकमा नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको पूर्ण कदको प्रतिमा अनावरण गरिने खबरले धुलाबारीबासीलाई खुशी बनाएको बताए।
  उनीहरूले  नेपाल संवत् नेवार समुदायको मात्र नभई नेपालको मौलिक संवत् भएकाले सरकारले यसलाई राष्ट्रिय संवत्को मान्यता दिनुपर्नेमा जोड दिए।
   कार्यक्रमको सहजीकरण राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानका  सचिव मिलनराज प्रसाईँले गरेका थिए।