बिर्तामोड। नयाँ पुस्ताले परम्परागत कला, संस्कृति र शीप भुल्दै गएको बेला झापाको कञ्चनगढ एजुकेशन फाउण्डेशनले आफ्ना विद्यार्थीका लागि देउसी भैली र रंगोली बनाउने प्रेरणादायी प्रतियोगिता आयोजना गरेको छ ।
मौलिक कला र संस्कृति जोगाउनु छ भने विद्यालय तहबाटै बिद्यार्थीहरुलाई सिकाउनु पर्छ भनेर यस प्रकारको कार्यक्रमको आयोजना गरिएको कञ्चनगढ एजुकेशन फाउण्डेशनका संस्थापक ,प्रिन्सिपल जीवन पनेरूले बताए ।
कञ्चनगढ एजुकेशन फाउण्डेशन बाह्दशी-६ बिहीबारेद्वारा गठित कञ्चनगढ बालक्लबको आयोजनामा अन्तर सदनात्मक देउसी भैलो, रंगोली प्रतियोगिता तथा दोस्रो त्रैमासिक परीक्षाफल प्रकाशन र पुरस्कार बितरण कार्यक्रम भएको हो ।
कञ्चनगढ बालक्लबकी अध्यक्ष खुशी श्रेष्ठको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कञ्चनगढ बालक्लबकी उपाध्यक्ष रश्मी कँडेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कक्षा ५ की विद्यार्थी रेवता भट्टराईले तिहारको महत्वको बारे प्रकाश कार्यक्रममा कार्यक्रममा कक्षा ९ की विद्यार्थी सायना श्रेष्ठले तिहार सम्बन्धी कविता बाचन गरेकी थिइन्।
विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मको दोस्रो त्रैमासिक परीक्षाफल प्रकाशन गरी कक्षागत प्रथम, द्वितीय र तृतीय हुने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो।
परीक्षाफल प्रकाशनको सहजीकरण विद्यालयका कोअर्डीनेटर ईन्द्रप्रसाद सिटौलाले गरेका थिए।
कार्यक्रममा हालसम्म नियमित विद्यार्थीहरू हिमांशु खरेल, एल्सन तामाङ, सृष्टी लामा, सिम्रन तामाङ, युनिसा भूर्तेल, समिर भेटवाल, अनिसा लिम्वू, यलम्बर लिम्बू, टार्जन लिम्बू, रश्मी कँडेल, सिम्रन तामाङ, घनश्याम चापागाई, साइना राई, सुप्रिम भेटवाल, कोशिष प्रसाईंलाई पुरस्कृत गरिएको शिक्षक धीरज पनेरूले बताए।
कार्यक्रममा अभिभावक केशर ठटालले समेत देउसी प्रस्तुत गरेका थिए भने उनलाई विद्यार्थीहरूले साथ दिएका थिए।
अन्तर सदनात्मक देउसी भैलोमा प्रथम ब्लु हाउस, द्वितिय ग्रीन हाउस, तृतिय रेड हाउस र सान्त्वना एल्लो हाउस भएका थिए। त्यस्तै रंगोली प्रतियोगितामा सर्वोत्कृष्ट रंगोली एल्लो हाउसको भएको थियो। बिजेता विद्यार्थीहरूलाई कञ्चनगढ एजुकेशन फाउण्डेशनकी संस्थापक मञ्जु पनेरूले पुरस्कार प्रदान गरेकी थिइन्। अन्तर सदनात्मक देउसी भैलो, रंगोली प्रतियोगिताको निर्णायकहरूमा शिक्षकहरू स्मृति कँडेल, अञ्जु श्रेष्ठ र कौशिला ढकाल रहेका थिए ।
कार्यक्रमको सञ्चालन कञ्चनगढ बालक्लबका सचिव विपल अधिकारीले गरेका थिए।




















