बिर्तामोड। श्री छठ समाज सेवा समिति बिर्तामोडले झापाको कनकाई-८ लक्ष्मीपूरस्थित विरिङ नदीमा भब्य छठ पूजाको तयारी गरेको छ।
श्री छठ समाज सेवा समिति बिर्तामोडकी अध्यक्ष संगीता रौनियारले लक्ष्मीपूरस्थित विरिङ नदीमा छठ पूजाको तयारी धमाधम भइरहेको बताइन् ।
उनले यस बर्ष एक सय ९० भन्दा बढी घाट निर्माण गरिएको र एक घाटमा दुई जना ब्रतालु रहने जानकारी दिइन्।
छठ पूजाको उद्घाटन पूर्व खानेपानी सिञ्चाई तथा उर्जा मन्त्री एकराज कार्कीले गर्ने उनले बताइन्।
छठ पूजा मूल समारोह समितिको मूल संयोजकमा शंकर भगत,आर्थिक उपसमिति संयोजकमा मनोज रौनियार, प्रचार प्रसार संयोजकमा शत्रुधनप्रसाद रौनियार, घाट व्यवस्थापन तथा कुपन व्यवस्थापन उपसमिति संयोजकमा रामेश्वर द्विवेदी, सांस्कृतिक कार्यक्रम उपसमिति संयोजकमा लालबाबु शाह, मञ्च व्यवस्थापन र स्वागत सत्कार समिति संयोजकमा छठ महिला मञ्च, शान्ती सुरक्षा र सामाजिक व्यवस्थापनमा पूर्व अध्यक्ष र पूर्व सल्लाहकार, र स्वयंसेवक परिचालनमा छठ युवा फ्रन्ट रहेको अध्यक्ष रौनियारले बताइन् ।
कार्यक्रममा श्री छठ समाज सेवा समिति बिर्तामोडका पूर्व अध्यक्ष घनश्याम चौधरीले छठ पूजास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएकाले ढुक्क भएर पूजा गर्न आग्रह गरे।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले छठ पूजा सफल वनाउन सबैलाई आग्रह गरे।
कार्यक्रमको सञ्चालन श्री छठ समाज सेवा समिति बिर्तामोडका सचिव जयकुमार झाले गरेका थिए।




















