बिर्तामोड / नेपाल मधेसी समाज सेवा समितिले बिर्तामोडमा होलिमिलन कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष रामेश्वर मण्डलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एक–आपसमा रङ लगाएर होलि पर्वको शुभकामना आदनप्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष मण्डलले कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दै होलि पर्वको महत्व र होलि मिलन कार्यक्रम आयोजना गर्नुको उदेश्यहरु बारे जानकारी गराएको कार्यक्रममा संस्थाका सल्लाहकार सञ्जय शर्माले स्वागत गरेका थिए ।

कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, नेपाली कांग्रेस बिर्तामोड –३ वडा सभापति प्रेम उप्रेती, बिर्तामोड खानेपानीका सचिव मेघराज वाँस्तोला,व्यवसायी दिलिपकुमार सिंह,लगायतले होलि पर्वको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बिर्तामोड –३ वडाध्यक्ष मदन बुढाथोकी, वडा नं.६ का वडाध्यक्ष सूर्य कन्दङवा, छठ समाज सेवा समितिका वरिष्ठ उपाध्यक्ष अरुण जयसवाल, छठ महिला मञ्चकी अध्यक्ष हेमलता चौधरी, महासचिव निशा कर्ण,पूर्व जनप्रतिनिधी अजय शाह, सत्यनारायण दासलगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सदस्य सन्तोष दासले गरेका थिए ।