बिर्तामोड। साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा  देवी निरौला बस्नेत निर्वाचित भएकी छिन्  ।

झापाको बिर्तामोड –१ मा मुख्य कार्यालय रहेको संस्थाको १३ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले बस्नेतको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो ।

नवगठित सञ्चालक समितिको  उपाध्यक्षमा देवीप्रसाद अधिकारी, सचिवमा चन्द्रकुमार भट्टराई, सह सचिवमा प्रेमप्रसाद अधिकारी, कोषाध्यक्षमा छविरमण अधिकारी निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा प्रेमबहादुर कार्की, अनिता मैनाली संग्रौला, ममता गुरुङ र कृपा खड्का निर्वाचित भएका छन् ।

त्यसैगरी संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा श्याबहादुर निरौला र सदस्यहरुमा  चन्द्रबहादुर बस्नेत र यशोदा बस्नेत निर्वाचित भएका छन् । संस्थाको निर्वाचन सम्पन्न गर्न बिर्तामोड नगरपालिकाका सहकारी निरिक्षक डिल्ली दाहाल निर्वाचन अधिकृत र व्यवस्थापक थेप्सुलाल गणेश र मातृका संग्रौला सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

नवनिर्वाचित समितिलाई निर्वाचन अधिकृत बिर्तामोड नगरपालिकाका सहकारी निरिक्षक डिल्ली दाहालले प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । 

संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा स्वागत कोषाध्यक्ष देवीप्रसाद अधिकारीले गरेका थिए ।

साधारण सभामा अध्यक्ष देवी निरौला बस्नेतले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । बिर्तामोड, मेचीनगर र कनकाईमा तीनवटा सेवाकेन्द्र रहेको संस्थामा २ हजार ४ सय ९० महिला र १ हजार ९ सय ६१ पुरुष गरी ४ हजार ४ सय ५१ जना शेयर सदस्य , संस्थाको शेयर पुँजी ६ करोड ८१ लाख ४७ हजार ९ सय रुपैयाँ,   निक्षेप २३ करोड १ लाख ४३ हजार ५ सय ४४ रुपैयाँ ,कर्जा लगानी  २७ करोड ९६ लाख ५५ हजार ७ सय ३९ रुपैयाँ,  वासलात ३४ करोड ५७ लाख ३४ हजार ८ सय ४१ रुपैयाँ र नाफा  ६४ लाख १९ हजार ४ सय ८० रुपैयाँ नाफा भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

साधारण सभामा संस्थाले उत्कृष्ट कर्मचारीमा फिल्ड सुपरभाइजर ऋषिराम अधिकारी , उत्कृष्ट बचतकर्तामा विष्णुप्रसाद शिवाकोटी, दिपक भूजेल र प्रभा रायामाझी , उत्कृष्ट खुत्रुके बचतकर्तामा राहुल अग्रवाल र सन्तोष खतिवडा, असल ऋणीमा श्वेता काफ्ले,  निकेश कटवाल र कमला उप्रेतीलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो । 

साधारण सभामा  एसइइमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीमध्ये  अभिनव सिलवाल र अंकिता दवाडीलाई मोहनप्रसाद भट्टराईले आफ्ना बुवा र छोराको नाममा स्थापना गरेको विप्लव रामचन्द्र स्मृति शैक्षिक पुरस्कार प्रदान गरिएको थियो । 

साधारण सभामा  प्रमुख अतिथि प्रसाईं, राष्ट्रिय सहकारी बैंक बिर्तामोडका कार्यवाहक शाखा प्रबन्धक कमलप्रसाद खनाल, नेफ्स्कूनका विनोद न्यौपाने, बिर्तामोड नगरपालिकाका सहकारी निरिक्षक  डिल्ली दाहाल, झापा जिल्ला सहकारी संघका सदस्य तथा स्वरोजगार भवानी साकोसका अध्यक्ष केशव बस्नेत, नयाँ उज्यालो साकोसकी अध्यक्ष सुष्मा भण्डारी, मातृ भाग्यरेखा साकोसका  अध्यक्ष टंकप्रसाद दवाडीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 साधारण सभाको बन्दसत्रमा लेखा सुपरीवेक्षण समितिका संयोजक श्याबहादुर निरौलाले  लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन , संस्थाका कोषाध्यक्ष देवीप्रसाद अधिकारीले बजेट प्रतिवेदन र सह व्यवस्थापक रमन अधिकारीले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेको कर्जा सहायक प्रकाश बरालले जानकारी दिए ।

साधारण सभाको सञ्चालन संस्थाका सचिव चन्द्रकुमार भट्टराईले गरेका थिए ।