बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ भुसावाडीमा रहेको बेल्स मोडल स्कूलमा  आइतबारबाट एनुअल स्र्पाेट फेस्टिभल (बार्षिक खेलकूद महोत्सव) शुरु भएको छ ।

विद्यालयका संस्थापक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयकुमार प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल ताराकुमार प्रसाईले स्वागत गर्दै विद्यार्थीहरुलाई पढाइसंगसंगै खेलकूदमा समेत अव्वल बनाउने उद्धेश्यले बार्षिक खेलकूद महोत्सव आयोजना गरिएको बताए ।

उनले विद्यार्थीलाई खेलकूदको माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न  अतिरिक्त क्रियाकलाप अन्तर्गत वर्षभरिनै खेलकूदका कार्यक्रमहरू आयोजना हुँदै आएको भएपनि  विद्यालयको वार्षिक कार्यक्रम को रुपमा हरेक वर्षमा एकपटक खेलकूद प्रतियोगिता गरिएको बताए ।

आगामी माघ १६ गते बिद्यालयको  चौथो बार्षिकोत्सवका अवसरमा  बिविध कार्यक्रम गरिने उनले बताए । 

विद्यार्थी सोफिया र साथीहरुले स्वागत गीत प्रस्तुत गरेको कार्यक्रममा  नृत्य प्रशिक्षक अमित प्रसाईंको निर्देशनमा विद्यार्थीहरुले साँगीतिक कवाज (म्यूजीकल ड्रिल) प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले मार्चपास, झण्डोत्तलन गरेका थिए भने उनीहरुलाई प्रिन्सिपल ताराकुमार प्रसाईंले राष्ट्रिय झण्डा र विद्यालयको झण्डा हरुतान्तरण गरेका थिए । 

  तीन दिनसम्म सञ्चालन हुने  खेलकूद कार्यक्रम अन्तरगत अन्तर सदनात्मक फुटवल, भलिवल, सर्टजम्प, लङ्गजम्प, छेलो, ब्याडमिन्टन, टेवलटेनिस,  दौड , रिले, कवड्डी, छेलो, प्रतियोगितालगायतका बिविध खेलकूदका कार्यक्रमहुने  विद्यालयका को–अर्डिनेटर तथा खेलकूद संयोजक देवान ढुङ्गानाले जानकारी दिए । 

 तीन दिनसम्म सञ्चालन हुने खेलकूद प्रतियोगितामा विद्यालयका चार सदनका  विद्यार्थीहरूबिच प्रतिष्पर्धा गराइने र खेलकूद प्रतियोगितामा विजयी बिद्यार्थीहरुलाई आगामी माघ १६ गते पुरस्कारसमेत प्रदान गरिने उनले बताए ।

शिवसताक्षीमा सैनिक बाल शिक्षाका नाममा सञ्चालनमा रहेको उक्त बिद्यालय बिर्तामोड–७ स्थित भुसावाडीमा २०७६ साल माघ १६ गते सरेको र नामसमेत परिवर्तन गरेर बेल्स मोडल स्कूल राखिएको बिद्यालयका प्रिन्सिपल ताराकुमार प्रसाईले जानकारी दिए ।

नसंरीदेखि कक्षा १० सम्म पढाई हुने उक्त विद्यालयमा एक हजार ७ जना बिद्यार्थी अध्ययनरत रहेका तथा शिक्षक, शिक्षिका र कर्मचारीसहित जम्मा ६२ जना रहेको स्कुलका संस्थापक तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयकुमार प्रसाईले बताए । 

२०७६ साल सरस्वती पूजाको दिनबाट सुरु भएको  बेल्स मोडल स्कूलले स्थापनाको छोटो अवधीमा धेरै विद्यार्थी तथा अभिभावकहरूको मन जित्न सफल बनेको अभिभावकहरु बताउँछन् ।  कार्यक्रमको सञ्चालन शिक्षक प्रकाश बस्नेतले गरेका थिए ।