बिर्तामोड । स्व.महेश थापा क्षेत्री, स्व.मनमाया थापा क्षेत्री र शहीद सुरेश थापा क्षेत्री मेमोरियल एकदिवशिय  प्रथम झापा जिल्लास्तरिय कराते  प्रतियोगिता बाहुनडाँगीमा सम्पन्न भएको छ । 

स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ वाहुनडाँगी डोजोको आयोजनामा  उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

वाहुनडाँगी डोजोकी कराते प्रशिक्षक सम्झना सारु मगरको अध्यक्षता तथा  जिल्ला खेलकुद विकास समिती झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)को प्रमुख आतिथ्य तथा मेचीनगर वडा नं. ४ का वडाध्यक्ष तथा प्रतियोगिताका सल्लाहकार अर्जुन कार्कीले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारी , जिल्ला खेलकुद विकास समिती झापाका प्रवक्ता तथा नेपाल कराते महासंघ झापाका अध्यक्ष जगन कार्की दुर्वाषा, मेचीनगर खेलकुद खेलकुद विकास समितीका अध्यक्ष ह्दय राजवंशीलगायतले प्रतियोगिता सफलताको शुभकामना दिएका थिए ।

एकदिवशिय  प्रथम झापा जिल्लास्तरिय कराते  प्रतियोगितामा भारत शिलगढी कदमतला डोजो र बाग्डुग्रा डोजोका १० जना खेलाडीसहित झापाका विभिन्न डोजोका तीन सय ५० भन्दा वढी कराते खेलाडीहरु्रको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागी कराते खेलाडीहरुमध्ये पुरुषतर्फ २० केजीदेखि ६५ केजीभन्दा माथी र महिलातर्फ २० केजीदेखि ५५ केजी तौल समूहमा कुमुते खेलेका थिए । प्रतियोगितामा ४० जना निर्णायक रहेका थिए भने प्रतियोगिता तीन वटा एरीनामा खेलाइएको थियो ।

कार्यक्रममा करातेका सिनियर प्रशिक्षक अर्जुन लम्साल,राजु महर्जन,बद्री विष्ठ,कृष्ण वस्नेत, दिपेश निरौलालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा कराते खेलको विकासका लागी महत्वपूर्ण योगदान पुर्याएको भन्दै वाहुनडाँगी सितेरियो कराते संघका संस्थापक कराते खेलाडी तथा मेचीनगर वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीलाई सम्मान गरिएको थियो ।

प्रतियोगिताका बिजेता प्रथम, द्वितिय र तृतिय खेलाडीहरुलाई प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिती झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)  , जिल्ला खेलकुद विकास समिती झापाका प्रवक्ता तथा नेपाल कराते महासंघ झापाका अध्यक्ष जगन कार्की दुर्वाषा, मेचीनगर खेलकुद खेलकुद विकास समितीका अध्यक्ष ह्दय राजवंशी,करातेका सिनियर प्रशिक्षक अर्जुन लम्साल, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, वाहुनडाँगी जेसीजका अध्यक्ष देवु वानियाँलगायतले ट्रफि , मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन कराते प्रशिक्षक दुर्गाराज निरौलाले गरेका थिए । प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि समाजसेवी नेत्रराज क्षेत्री रामु रहेका थिए ।