बिर्तामोड । वीरता जेसीजको सन् २०२४ को नयाँ नेतृत्वले झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गरेको छ । वीरता जेसीजले बिर्तामोड –१ स्थित सचिवालयमा राष्ट्रिय झण्डा र वीरता जेसीजको झण्डा झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गरेको हो ।

वीरता जेसीजका सन् २०२४ का अध्यक्ष विकास बस्नेतको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व अध्यक्ष शेखर ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक उपाध्यक्ष सुवास त्रीखत्री ले स्वागत गरेका थिए  ।

कार्यक्रममा प्रमुख अतिथि ढकालले सचिवालय रहेको शिव पाञ्चायन मन्दिरको छतमा राष्ट्रिय झण्डा र वीरता जेसीजको झण्डा झण्डोत्तलन गरेका थिए । उनले जेसीज सदस्य संस्थाप्रति जिम्मेवार वन्न आग्रह गर्दै रचनात्मक कार्यमा अघि वढ्न सुझाव दिए ।

त्यस्तै वीरता जेसीजका पूर्व अध्यक्ष मिजास पोखरेलले सन् २०२४ को टीमले सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा उत्कृष्ट कार्य गरी सफलताको शिखर चुम्न  वीरता जेसीजका सन् २०२४ का अध्यक्ष विकास बस्नेतको टीमलाई शुभकामना दिए ।

कार्यक्रममा वीरता जेसीजका सन् २०२४ का अध्यक्ष विकास बस्नेतले झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गरेको बताउँदै वीरता जेसीजलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता जनाएका थिए ।

सोही कार्यक्रममा वीरता जेसीजका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीले सन् २०२४ का अध्यक्ष विकास बस्नेतलाई माइन्युट र साँचो हस्तान्तरण गर्दै वुझवुजारत गरेका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका सन् २०२४ का महासचिव सुमन पोद्धारले गरेका थिए ।