बिर्तामोड । लोकप्रिय ‘स्टोरी टेलर’ साइग्रेस पोखरेलले झापाको बिर्तामोडमा कथा सुनाउने भएका छन् । सीआईसी एजुकेशन हब बिर्तामोडको आयोजनामा हुने वर्ड टुर विथ साइग्रेसको कार्यक्रममा उनले कथा सुनाउने भएका हुन् ।

आगामी वैशाख १५ गते बिर्तामोड –२ चारपानेको पर्शुराम पार्टीप्यालेशमा दिउँसो १ः३० बजेबाट सुरु हुने कार्यक्रममा साइग्रेसले कथा सुनाउनुका साथै पाठकहरूसँग अन्तर्क्रिया गर्ने सीआईसी एजुकेशन हब बिर्तामोडकी ब्राञ्च म्यानेजर तथा सिनियर काउन्सीलर आस्मा लुईंटेलले बताइन् । 

युवा विद्यार्थी वर्गलाई साइग्रेसको कथाले छुने गरेकाले उच्च शिक्षा अध्ययनका लागी क्यानडा जान चाहने विद्यार्थीहरुलाई प्रेरणात्मक उर्जा प्रदान गर्न सीआईसी एजुकेशन हब बिर्तामोडले वर्ड टुर विथ साइग्रेस कार्यक्रम आयोजना गरेको उनले बताइन् ।

वर्ड टुर विथ साइग्रेस कार्यक्रमका लागी  निः शुल्क प्रवेश पासको व्यवस्था गरेको बताउँदै उक्त कार्यक्रममा सहभागी भएर साइग्रेसको प्रस्तुति सुन्न र हेर्न सबैलाई आग्रह गरिन् ।

काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय रहेको सीआईसी एजुकेशन हबले एक वर्ष  अघि बिर्तामोडको मुक्तिचौकमा शाखा खोलेर उच्च शिक्षा अध्ययनका लागी क्यानडा जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आइरहेको बताउँदै उनले आफ्नो संस्थाबारे झापबासीलाई जानकारी गराउन र उच्च शिक्षा अध्ययनका लागी सीआईसी एजुकेशन हबमार्फत क्यानडा जान झापाका विद्यार्थीलाई प्रेरणा दिन यस कार्यक्रमले मद्यत पुग्ने बताइन् ।

अहिलेको युवा पुस्ता उच्च शिक्षा अध्ययन गर्न तथा भविष्य बनाउन विदेश जाने गरेकाले आफूहरु क्यानडा जान चाहनेहरुलाई शैक्षिक परामर्श दिने भएकाले एक पटक सीआईसी एजुकेशन हब बिर्तामोडमा सम्पर्क राख्न उनले आग्रह गरिन् ।

सीआईसी एजुकेशन हब बिर्तामोडको आयोजनामा हुने वर्ड टुर विथ साइग्रेस कार्यक्रम निःशुल्क गरेपनि त्यसको प्रवेश पास सीआईसी एजुकेशन हब बिर्तामोड शाखा बाटै दिने व्यवस्था गरिएको बताउँदै उनले प्रवेश पास लिन कार्यालयमा धेरै युवा विद्यार्थी आउने गरेको र उनीहरुले कार्यक्रम तथा सीआईसी एजुकेशन हब र क्यानडा अध्ययनबारे बुझ्ने गरेकाले आफूहरुलाई उत्साहित बनाएको जनाइन् ।  

 कार्यक्रममा साइग्रेस पोखरेलले बिर्तामोडमा संगीतमय कथा बाचन गर्ने बताए । उनले आफ्ना भोगाइ र अनुभवहरु कथामा उतार्ने गरेकाले सबैले मन पराउने बताउँदै आफ्ना  भोगाइ र पीडाहरु एकै खालका हुने भएकाले आफूले बाचन गर्ने कथा  सबैलाई आफ्नै कथा जस्तो लाग्ने बताए ।

आफू पहिले पनि कथा भन्न झापाको बिर्तामोड आएको र त्यस बेला हजारौंले आफ्नो कथा मन पराएको बताउँदै उनले यस पटक आफूले संगीतमय कथा बाचन गर्ने भएकाले  सहभागी भएर त्यसको स्वाद लिन  सबैलाई आग्रह गरे ।

नेपालका विभिन्न सहरमा पुगेर दर्शकसँग साक्षात्कार गर्दा आफूलाई आनन्द आउने बताउँदै उनले जीवनको भोगाई, वर्तमान र भविष्य बारे प्रेरणादायी कथा सुनाउँदै बालवालिकादेखि वृद्धवृद्धासम्म सवैले बाहबाही गर्दा त्यसले झनै प्रेरणा मिलेको बताए । 

सन् २०२१ देखि वर्ड टुर मार्फत विश्वका विभिन्न सहरहरुमा कथा सुनाउँदै आएका उनले नेपालमा दोस्रो संस्करण अन्तर्गत सीसाई एजुकेशन हबको सहकार्यमा  नेपालका ६ वटा शहरहरुमा कथा वाचन गर्ने कार्यक्रमका म्यानेजर सरोज वन्जराले जानकारी दिए ।

 साइग्रेसले  बिर्तामोड पछि इटहरी, नारायणगढ, बुटवल, पोखरा र काठमाडौंमा कथा सुनाउने तालिका रहेको उनले बताए । सीआईसी एजुकेशन हब बिर्तामोडको आयोजनामा हुने वर्ड टुर विथ साइग्रेसको कार्यक्रममा रोट्याक्ट क्लव अफ मिडटाउन बिर्तामोडले सहयोग गरेको रोट्याक्ट क्लव अफ मिडटाउन बिर्तामोडका प्रसिडेन्ट जितेश अग्रवालले बताए । उनले कार्यक्रममा सहभागिता जनाउन सबैलाई आग्रह गरेका छन् ।

कार्यक्रममा सहभागी सीआईसी एजुकेशन हब काठमाडौकी  सिनियर काउन्सीलर मोना भट्टराई, मार्केटिङ हेड सुदिप तिम्सिना , उत्प्रेरक उद्यमी समूह झापाका अध्यक्ष सन्दीप गिरी, अर्जुन उप्रेतीलगायतले कार्यक्रममा सहभागिता जनाउन सबैलाई आग्रह गरे ।

बिहीबार काठमाडौंबाट झापा आएका साइग्रेसलाई चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गरिएको दिव्य सापकोटाले जानकारी दिए ।कार्यक्रमको सञ्चालन उत्प्रेरक उद्यमी समूह झापाका नविन भण्डारीले गरेका थिए ।