बिर्तामोड ।  यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता सयपत्री ट्रेडलिङ्क बिर्तामोडमा असार २२ गतेदेखि  ‘मनसुन सर्भिस क्याम्प’ आयोजना हुँदैछ ।

आइतबारदेखि सुरु हुने सर्भिस क्याम्प आगामी असार २८ गनेसम्म जारी रहने सयपत्री ट्रेडलिङ्क बिर्तामोडका म्यानेजर पुस्कर अधिकारीले जानकारी दिए । 

दक्ष विशेषज्ञ सेवा र यामाहाका ग्राहकका लागि आकर्षक अफर सुनिश्चित गर्न सर्भिस क्याम्प आयोजना गरिएको कम्पनीका सेल्स म्यानेजर आकाश आचार्यले बताए  ।

कम्पनीले सर्भिसमा छुटसमेत उपलब्ध गराउने बताउँदै उनले ग्राहकले ल्युबमा १५, स्पेयर पार्ट्समा १० र लेबर चार्जमा ५० प्रतिशत छुट पाउनुका साथै  सर्भिसिङ गराए बाइक तथा स्कुटरको वास निस्शुल्क गरिदिने र सुरक्षा तथा दक्षता बढाउन १५ पोइन्ट चेकअप समेत गरिदिने उनले बताए ।

सयपत्री ट्रेडलिङ्क बिर्तामोडका सञ्चालक विशाल वस्नेतले यामाहा मनसुन सर्भिस क्याम्प मार्फत् ग्राहकहरूलाई किफायती मूल्यमा विशेषज्ञ हेरचाह र वास्तविक सेवा प्रदान गर्ने भएकाले सम्पूर्ण  यामाहा मोटरसाइकल तथा स्कुटर चालकहरूलाई यो अवसरको फाइदा उठाउन र आफ्ना बाइक तथा स्कुटरहरूलाई उत्कृष्ट अवस्थामा राख्न आग्रह गरेका छन् ।